करोडौँको भारतीय जाली नोट सहित तीनजना पाकिस्तानी र अन्सारी पक्राउ


काठ्माडौ ।
कतारको दोहाबाट काठमाडौं आएको कतार एयरवेजको जहाजमा आएका तीनजना पाकिस्तानी र युनुस अन्सारीलाई करोडौँको भारतीय जाली नोट सहित प्रहरीले पक्राउ गरेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका डिएसपी नारायण रञ्जीतकारका अनुसार तीनवटा सुटकेसमा ल्याइएको जाली नोट भेटिएको छ ।’ अहिलेसम्म हामीले एउटा सुटकेसको जाली नोट गन्न भ्याएका छौँ’, डिएसपी रञ्जीतकारले भने, ‘अन्य दुईवटा सुटकेसको गन्न बाँकी छ ।’
गनिसकेको जाली नोट तीन करोड ५० लाख भन्दा धेरै छ ।’ रञ्जीतकारका अनुसार यसअघि जाली नोट प्रकरणमा जेल बसिसकेका अन्सारी उक्त नोट बुझ्न विमानस्थल पुगेका थिए ।
नेपाल प्रहरीको विशेष टोलीले अन्सारीलाई ललितपुरको नख्खिपोटस्थित निवासबाट ३५ लाख भारतीय नक्कली भारुसहित पक्राउ गरेको हो ।
अन्सारीलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरी हिरासतमा लिइसकेको छ ।’ अहिले मुचुल्का उठाइरहेका छौँ’, डिएसपी रञ्जीतकारले भने,‘बाँकी दुईवटा सुटकेसमा पनि रहेको आशंका छ ।’
त्यो खोलेर गनिसक्दा अझै धेरै परिमाणको जाली नोट हुन सक्छ ।’ पक्राउ पर्दै छुट्दै भारतीय नक्कली नोटको कारोबार गरेको आरोपमा जेल परेर छुटेका युनुस अन्सारी २०७० माघ ११ गते पनि पक्राउ परेका थिए ।
त्यसबेला उनीसहित पाकिस्तानी नागरिक महसुद आलम, नेपाली नागरिक सुरेश आलेमगर र सोहेल खान थिए । अन्सारी त्यसबेला २०७० असोज १८ मा केन्द्रीय कारागारबाट रिहा भएका थिए ।