भेरिगङ्गा उपत्यका महोत्सव २०७६ मा आज निखिल उप्रेती आउदै

सुर्खेत ।
कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणीज्य संघ भेरिको सहआयोजनामा सन्चालन भइरहेको भेरिगङ्गा उपत्यका महोत्सव २०७६ को पाचौं दिन जेष्ठ २१ गते आज नाएक निखिल उप्रेती आउदै छन ।


नेपाली चलचित्र हामी तीन भाइ, दाइको ससुराली, निखिल दाइ, संरक्षण, भैरब जस्ता धेरै नेपाली चलचित्रहरुबाट चर्चाको शिखर चुमेका नायक निखिल उप्रेती महोत्सवमा आउने महोत्सव आयोजकले जानकारी दिएको छ ।


महोत्सवको पाँचौ दिन नाएक उप्रती संगै भेरिगङ्गा नगरपालिमामा रहेका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने आयोजकले जानकारी दिएको छ ।

महोत्सवे जेष्ठ २७ गतेसम्म सञ्चालन हुनेछ ।