पोखरीविनाको पोखरीकाँडा, दशकौँदेखि पानीको हाहाकार उपेक्षमा दलित वस्ती

गोविन्द खत्री

सुर्खेत । समुन्द्री सतहदेखिकरिबएक हजार दुई सय मिटरको उचाइमा रहेको उजाड डाँडा । डाँडाको बीचतिर एक ठाउँमा थोरै समथर ठाउँ छ । वरिपरी डाँडाले घेरिएको यस समथर ठाउँमा सयौँ बर्ष पहिले बनाएकाचार पाँच वटाकुवाहरु छन् ।कुवाहरु सिमेन्टको रिंकको सट्टामा ढुँगा र काठको बान्नोले बनाइएका छन् । तर अधिकांस कुवा रित्ता छन । कुनै–कुनैमाअलिअलिपानी छ ।
यस ठाउँमा पहिले ब्राह्मण, क्षेत्रीदलित समुदायकागरी पहिले एक डेढ सय घर धुरी वस्दथे । पानी सुक्दै गयो मानिसहरु बसाइ सर्दै गए । अहिले पच्चीस तीस घर जति छन । त्यसमध्यकापनिआधाजति परिवार बर्खाका(साउन–कात्तिक) तीनचार महिनामात्र खेतिबाली र पशु चराउन आउँछन् अरुबेलाबेसीमा रहेको घर सालकोट र बाबियाचौरमा बस्छन् । बाह्रै महिनात्यहीवस्ने बाह्र÷तेह्र परिवार मध्ये आठ÷दश परिवार दलित समुदायका छन् । पानीको हाहाकार हुनथालेपछिब्राह्मण क्षेत्रीहरु अलि सुविधाहुने ठाउँतिर बसाइ सर्दैगए । दलित परिवारहरु भने कम्जोर आर्थिक अवस्थाकाकारण खडेरीकादिनहरुमातिर्खाएको घाँटि बर्खा लागेपछि चिस्याउँदै बसिरहेकाछन् । स्थानीय ज्येष्ठ नागरिकहरुकाअनुसार दशकौँ पहिले त्यहाँपोखरी थियो । त्यसैकारण यसठाउँको नामपनि‘पोखरीकाँडा’ रहनगयो । अहिले यो ठाउँ बराहतालगाउँपालिकाको वडा नं. ६ मा पर्दछ । पालिकामाजानुभन्दापहिले यसै ठाउँको नामबाट पोखरीकाँडा गाउँविकास समितिथियो । तर अहिलेत्यहाँपोखरी छैन् । अहिले हेर्दा पोखरीवीनाको पोखरीकाँडाजस्तो लाग्छ । बर्खाकासमयमाभने घरभित्रै मूल फूट्ने रहेछ । खडेरीमाअलिअलिचिस्यानमात्रै रहने कुवामाबर्खा लागेपछि भने माथिजमिनसम्मै पानी भरिने रैछ ।

संविधानमा खानेपानीको अधिकारलाई मौलिक हकका रुपमा सुनिश्चित गरिएको छ । धारा ३५ को ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ ’भनी उल्लेख गरिएको छ । तर पोखरीकाँडावासीलाई पिउने पानीको अभावमा थातथलो छोड्नुपर्ने नमिठो बाध्यताले पोलिरहेको छ ।

हो थोरै लागतले धेरै उपलब्धीहुने खालका योजनालाई प्राथमिकता दिनुपर्छ तर भोट गनेर मात्र योजना छनौट गरियो भने त्यही ठाउँको अल्पसंख्य एवं विपन्न समुदाय सधैँ उपेक्षामा परिरहनेछ । जसले गर्दा सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले कहिलेपनि सार्थकतापाउनेछैन् ।

०७६ जेठको पहिलो सातायो पंक्तिकार त्यहाँपुग्दा७२ बर्षिय मणिराम बि.क.अलिअलि रसाइरहेको कुवामापानीभर्नाकालागि कुरीरहेकाथिए । दशमिनेट कुरेपछि आधाबाल्टी पुग्नेजतिपानीजम्मा भएपछि गाग्रीमाजम्मागर्दथे । गाग्रीको मुखमा राखिएको रुपमालले हिलो मिसिएको पानी छाँन्दै उनले आधा घण्टामा २० लिटरजतिपानीजम्मा गरे ।गाउँमानयाँ मान्छे गएपछि कोहीदाताहरु हुनकीभन्ने आशले सोधपुछ गर्दा रहेछन् । एवंम्रितले यो पंक्तिकारसंग पनिउनले परिचयमागे । मैले आफ्नो परिचयसंगै यहाँकापूरानाकुवा छन भनेर हेर्न मात्रआएको जवाफदिँए ।हुन त अलि अगाडी भेटिएकी एक जना बृद्ध आमालाई कुवाभएको ठाउँजानेबाटो सोध्दाउनलेपनि ‘गाविसबाट आउनुभएको होकी?, प्राविधिकहुनुहुन्छ की? केही योजनाकालागिहोकीत्यत्तिकै हेर्न मात्रआउनुभएको हो ?’ भनेर प्रश्न गरेकीथिइन् । उनलाईपनित्यसैगरी पूरानाकुवा हेर्ने रहरले आएको जवाफदिएको थिएँ । कुवामाकतिवेलापानीजम्माहोलाभनी कुरीबसेका मणिरामसंग गफिदै जाँदाअहिले त स्थानीय सरकार छ वडामा पनि धेरै बजेट हुन्छ यसबारे थाहापाउनुभएको छकी छैन भनेर जिज्ञासा राखे ।कति बजेट आउँछ भन्ने थाहानभएपनिउनले चुनावजितेर आएकाहरुले केही गर्छनकीभन्ने आशा रहेको सुनाए । आफ्नो ठाउँमा पानील्याउनकासट्टा पहुँचहुनेहरु सुविधायुक्त ठाउँमा बसाइ सरेर गइसकेकालेआफूहरुथोरै संख्यामा रहेकाले उपेक्षामा परेको महशुस रहेछ मणिरामलाई । ‘नेताले नेताकै कुरा सुन्ने रैछन, योजनापनि नेताभएकै ठाउँमा पर्ने रैछ ।हाम्रो ह्याँकोही नेता छैनन् । हाम्रो कुरा को सुन्ने थियो र ?’मणिरामले पंक्तिकारसंग आफ्नो दुखेसो सुनाए ।

पोखरीकाँडा, वराहताल वडा नं. ७को सबैभन्दामाथिल्लो लेकको बस्ती हो । वडामै पनिअल्पसंख्यकमा परेको वस्ती त्यसमापनिदलित समुदायकोबाहुल्यबसोबास रहेकाले उनीहरुको मागले स्थानीय सरकारका योजनामा समेत प्राथमिकतानपाएको रहेछ । त्यहाँ वस्ने सबै कृषिमाआधारित छन् । पानीनहुँदाखेतिबाली त आकाशको पानीको भरमा हुन्छ तर पशु पालनमानिकै कठिनाइ छ । वरिपरी जंगलले घेरिएकाले बाख्रा, गाई, भैंसी, पालनकालागिप्रशस्तमात्रामा घाँस छ तर खडेरीकामहिनामातीनलाई पानीको जोहो गर्न मूश्किल पर्छ । रहर र आम्दानीको आशमाडिला बि.क.ले पन्ध्र सोह्र वटा बाख्राजम्मा गरेकी छन तर खडेरीले तीबाख्राजोगाउनै मुश्किल परेको छ । ‘खेतीबाली राम्रो हुँदैन बाख्राबाट राम्र्रै होलाभनेर रहर लागेर बाख्राकिने अहिले किनपालेहुँलाभन्ने लागेको छ । मान्छेलाई खुवाउने पानी त छैन पशुलाई कहाँबाट ल्याएर खुवाउने ?’उनले सुनाइन् ।
संविधानमाखानेपानीको अधिकारलाई मौलिकहकका रुपमासुनिश्चितगरिएको छ ।धारा ३५ को ४ मा‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानीतथा सरसफाइमापहुँचको हकहुनेछ’भनी उल्लेख गरिएको छ । तर पोखरीकाँडावासीलाई पिउने पानीको अभावमाथातथलो छोड्नुपर्ने नमिठो बाध्यताले पोलिरहेको छ । पानीनहुँदा सरसफाइमा समेत समस्या छ । जसलेगर्दा उनीहरुको मौलिकहकको हननभएको छ । मौलिकहकको कार्यान्वयनगर्नु संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको जिम्मेवारी हुन्छ । अहिले जनताको नजिकै स्थानीय र प्रदेश सरकार बनेको छ । करोडौँ बजेट पनि छ । साना साना योजनाकालागिकेन्द्रको मुखताक्नुपर्ने अवस्था छैन । बराहतालगाउँपालिकाले विगतदुई आर्थिक बर्षमाहरेक वडालाई प्रत्येकलाई एक करोड भन्दाधेरै नै बजेट विनियोजन गरेको थियो । वडा नं. ७को लामाखालीसम्मपानी छ । योजनाबनाउने हो भने त्यहाँको पानीपोखरीकाँडासम्म पु¥याउन सकिन्छ ।प्राविधिक रुपले संभवभए डिप बोरिङ गरेर पनिपोखरीकाँडावासीको तिर्खा मेटाउन सकिन्छ ।
सिद्धान्ततः योजना छनौट गर्दा सामाजिक समावेशीकरण र समाजका सबै वर्ग क्षेत्र र समुदायको सहभागिता सुनिश्चितगर्नुका साथै भौगोलिक सन्तुलनकायमगर्ने कुरालाई ध्यानदिनुपर्ने हुन्छ । स्थानीय सरकारको अवधारणा पनिअल्पसंख्यक, दलितविपन्न र पछाडी परेका समुदायका योजनाहरुलाई समावेश गरी सामाजिक न्यायपूर्ण तवरले समावेशी योजना छनौट गर्नु हो । ठूल–ठूला गौरवका योजनाहरु संघ र प्रदेशले पनिबनाउँछन् । स्थानीय सकारले आफ्नो बजेटबाट बनाउननसक्ने भएपनियस्ता योजना छनौट गरेर प्रदेश र संघमा सिफारिस गर्नुपर्ने हुन्छ । हो,थोरै लागतले धेरै उपलब्धीहुने खालका योजनालाई प्राथमिकता दिनुपर्छ तर भोट गनेर मात्र योजना छनौट गरियो भने त्यही ठाउँको अल्पसंख्य एवं विपन्न समुदायसधैँ उपेक्षामा परिरहनेछ । जसले गर्दा सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नाराले कहिलेपनि सार्थकतापाउनेछैन् ।