फोहोरमैला व्यवस्थापनका लागी सडक नाटक

सुर्खेत । फोहोमैला व्यवस्थापन गर्नका लागी सडक नाटक मार्फत जनचेतना फैलाईएको छ ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ८ को आयोजना तथा आरंगनेपालको प्रस्तुतीमा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ८ का विभिन्न स्थानहरुमा सडक नाटक प्रस्तुत गरिएको हो ।
८ नम्वर वडा कार्यालयले सरसफाई अन्तरगत विभिन्न अभियानहरु संचालन गरिरहको छ, सोहि अभियान लाई सफल बनाउन सडक नाडक मार्फत जनचेतना फैलाईएको वडा नम्वर ८ का वडा अध्यक्ष थम्व प्रशाद गौतमले बताए ।
प्mाहोरमैला फोहोरमैला व्यवस्थापन कार्यविधि तयार गरि अभियान संचालन गरेको ८ नम्वर वडाले अहिले पहिलो चरणमा जनचेतनामुलक कार्यक्रम संचालन, दोश्रो चरणमा घरदैलो अभियान, तेश्रो चरणमा घरघरमा पुग्ने गरि एक महिना सम्म सरसफाई अभियानकर्ता खटाउने योजना बनाएको वडा अध्यक्ष गौतमले बताए ।

सडक नाटक मार्फत संदेश प्रवाह गर्दा प्रभावकारी हुने भन्दै वीरेन्द्रनगर नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले यो अभियानमा सबै वडा बासि लाग्नु पर्ने बताए ।
रंगकर्मि गणेष गौतमको लेखन तथा निर्देशमा प्रस्तुत गरिएको नाटकमा गणेशप्रेमदेब गिरी, माया थापा, युवराज पंगाली, केशव ढकाल, खम्बराज गिरी, मेनका शाही र सपना विसीको अभिनय रहेको थियो ।