हुम्लाको हिल्सामा ईन्टरनेट सरर, समाजिक संजाल फरर

हुम्ला । हुम्लाका स्थानियबासि वल्डलिंक ईन्टरनेट मार्फत सामाजिक संजालमा जोडिने भएका छन् ।
वल्डलिंक ले जिल्लाको उत्तरतर्फको नाम्खा गाउँपालिकाको वडा नम्वर ६ नारालेखमा वल्र्ड्लिंकले ईन्टरनेट सेवा संचालनमा ल्याएको हो ।
सामाजिक संजालमा जोडिने भएपछी स्थानिय खुसि भएका छन् ।
ईन्टरनेटसेवा पुगेसँगै सूचनाको प्रबिधिमा नेपाल दुरसञ्चार प्राधिकरण र वल्र्ड्लिंक कम्युनिकेशनले नयाँ रेकर्ड कायम समेत गरेको छ ।
जिल्लाकै उच्च भूभाग ४ हजार ६ सय ५० मिटर उचाईमा रहेको हिल्सा नाकामा ईन्टरनेटको टावर स्थापना गरिएको वल्र्ड्लिंकका कर्णाली परियोजना प्रवन्धक राजेन्द्र बिष्टले जानकारी दिए ।
नेपालको उच्च हिमाली जिल्ला भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा
वल्डलिंकको इृन्टरनेट सेवा अब नेपालको अन्तिम गाउँ लिमी जान थोरै मात्र बाँकी रहेको छ ।
इन्टरनेट सेवाबाट हुम्लाका सबै गाउँपालिकामा सेवा विस्तार भइसकेको छ ।
एक हप्ताको प्रयास पछि इचीनको सिमा क्षेत्रमा वल्र्ड्लिंक सेवा संचालनमा आएको हो ।
नाम्खा गाउँपालिकाको अन्य वडा, गाउँपालिका कार्यालय र स्वास्थ्य संस्थाहरुमा समेत यो सेवा जडान हुने छ ।