लेकवेशीमा बर्षा पम्पको नमुना परिक्षण

सुर्खेत ।
लेकवेशी नगरपालिकाको चिंगाड खोलामा बर्षा पम्पको नमुना परिक्षण गरिएको छ ।
उक्त पम्पको बिहिवार कर्णाली प्रदेशका भौतिका पुर्वाधार मन्त्री खड्क बहादुर खत्री र अर्थ मन्त्री प्रकाश ज्वालाले अवलोकन समेत गरेका छन् ।


अवलोकनका क्रममा मन्त्री खत्रीले बर्षा पम्प प्रविधिलाई कर्णाली प्रदेको लागी उपयोगी भएको बताए ।
यो प्रविधीलाई प्रयोग गर्नका लागी प्रदेश सरकारले योजना बनाउने उनले बताए । सिचाई नभएको स्थानका कृषकहरुलाई यो प्रवीधिले सहज बनाउने भन्दै आगामी दिनमा बर्षा पम्प प्रवीधिको प्रयोगमा जोड दिने अर्थ मन्त्री प्रकाश ज्वालाले बताए ।
यो प्रवीधिले बगेको खोलाको पानीमा प्रयोग गर्न सकिने र ईन्धन पनी नलाग्ने भएका कारणले प्रयोग गर्न सहज भएको ईन्जीनयर सुजना दुलालले बताए ।
यो प्रवीधिबाट दैनकि ४० हजार लिटर पानी प्रयोग गर्न सकीने उनले बताए ।


अनुगमनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कर्णाली प्रदेशका अध्यक्ष गोरख बोगटि ,भौतिक पुर्वाधार विकास मन्त्री खड्क खत्री, आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला , प्रदेश सभा सदस्य पद्मा खड्का , राष्ट्रिय सिचाइ जलउपभोक्ता महासंघ का केन्द्रीय महासचिव शम्भु दुलाल , राष्ट्रिय सिचाइ जलउपभोक्ता महासंघ कर्णाली प्रदेशका सचिव हरि प्रसाद अधिकारी, राष्ट्रिय सिचाइ जलउपभोक्ता महासंघ सुर्खेतका सचिव निरक वलि , लगायतको सहभागिता रहेका, थियो ।