महोत्सवमा २६ गते चर्चित र्‍यापर भिटेन आउदै

सुर्खेत ।
‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रवद्र्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतकाे भेरीग‌गामा सन्चालन भइरहेको भेरीगङ्गा उपत्यका महोत्सव २०७६ को नाँै दिन जेष्ठ २६ गते भोली चर्चित र्‍यापर समिर घिसिङ (भिटेन) आउने भएका छन ।

हामी यस्तै त हो नि ब्रो, मान्छे खत्तम, ¥यापको राजा, माफ गरिदेउन आमा, सिमसिमे पानी, हालखबर, तिम्रो लाउरे यता, चुराेट जस्ता धेरै चर्चित ¥याप गीतहरुबाट चर्चाको शिखर चुमेका र्‍यापर भिटेन महोत्सवमा आउने  आयोजकले जानकारी दिएको छ ।


महोत्सवको नआँै दिन र्‍यापर भिटेनसंगै भेरीगङ्गाका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ । महोत्सवे जेष्ठ २७ गतेसम्म सञ्चालन हुनेछ ।