पञ्चपुरीमा दलित सचेतना कार्यक्रम

सुर्खेत ।
दलित सचेतना तथा प्रशिक्षण कार्यक्रम आइतबार पञ्चपुरीमा गरिएको छ ।
‘सबैका लागि घर–घरमा मानव अधिकार शान्ति र विकासको मुल आधार’ भन्ने नाराका साथ जातीय भेदभाव, छुवाछुत,पेसागत सुरक्षा तथा कानुनी हक अधिकारका विषयमा सचेतना गर्नका लागि पञ्चपुरी नगरपालिका वडा नम्बर ६ को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।
अन्तरक्रिया कार्यक्रममा ६ नम्बर वडाका वडा अध्यक्ष खड्बहादुर थापाले पश्चिममा भएको जातीय भेदभाव तथा छुवाछुतको बारेमा जानकारी गराए । उनले दलित समुदायलाई पनि अरु गैर दलितलाई जस्तै समान व्यवहार गर्नुपर्ने बताए । दलितले पनि गैर दलितले जस्तै आफ्नो हक अधिकार खोजेका छन उनले भने –“दलित समूदाय बच्चाहरुलाई दलित र छुवाछुत भन्ने शब्द नसुनाउने ।” पछिल्लो समय देशव्यापी रुपमा दलितको नाममा धर्म परिवर्तन गराएको, दलित समूदायमा अत्याधिक मात्रामा भ्रम छर्ने काम भईरहेको बताउँदै हामीले यो विषयमा वडा र नगरबाट दलित समुदायको सिप,क्षमता,र अधिकारका लागि गम्भीर भएर सोचेको बताए ।
त्यस्तै वडा सदस्य देवबहादुर सार्कीले जातीय भेदभाव तथा छुवाछुत दलितको मात्र समस्या नभएर सिंगो राष्ट्रको नै समस्या भएको बताए ।
‘समाजमा सबैलाई समान व्यवहार गरेमा मात्र यो जातीय भेदभाव तथा छुवाछुत हट्ने छ ।’उनले भने, दलित समूदायको हकहितका लागि विभिन्न राजनीतिक दल पनि सक्रिय भएमा यो जातीय विभेद हट्ने बताए । कार्यक्रममा सहभागि तुल्सी सार्कीले दलित समुदायका हक अधिकारकारका बारेमा जानकारी पाएको बताइन् । र ७५ जना दलितहरुको सहभागिता रहेको थियो । अहिले सम्म नगर बाट कुनै पनि कार्यक्रम सञ्चालनका लागि रकम नछुट्याए पनि वडाले सुरुवात गरेकोमा दलित अगुवा प्रेम सुनारले खुसी व्यक्त गरे ।
कार्यक्रको सहजिरण टेकेन्द्र विश्वर्मा र सजना सुनारले गरेका थिए ।