करेन्ट लागेर सल्यानमा एकको मुत्यु

सल्यानमा करेन्ट लागेर एक जना महिलाको मृत्यु गएको छ ।
जिल्लाको बागचौर नगरपालिका वडा नं. २ शेराचौरकी अन्दाजी ३८ वर्षकी भुमी ओलीकोे करेन्ट लागेर मुत्यू भएको हो ।
विद्युतको तार जमिन छुने गरि भुइमा झरेको र बारीमा घास काट्न गएको बेला तारमा लट्पटिएर ज्यान गएको इलाका प्रहरी कार्यलय थारमारेका हवल्दार मान बहादुर सार्कीले जानकारी दिए । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पाताल सल्यानमा ल्याइएको छ ।