अटो रिक्साको ठक्करबाट वडा सचिव गिरिको निधन

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थती यरिचौकमा बिहिवार राती भएको दुर्घटनामा वीरेन्द्रनगर नगरपालिका २ नम्बर वडा कार्यालयका सचिव नारायणदेव गिरीको मृत्यु भएको छ । मुलपानीबाट यरिचौकतर्फ गइरहेको भे १ ह ३८७४ नम्बरको अटोले गिरी सवार भे ७ प १८३४ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा गिरी घाइते भएका थिए ।
घाइते गिरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । गिरी वीरेन्द्रनगर–४ निवासी हुन् । अटो र अटो चालक दिपककुमार सावदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतकोे भनाई छ ।