चौलागाईंको पहलमा सोलार जडान

कालिकोट ।
कालिकोट जिल्लाको शुभकालिका गाउँ पालिकाका ३ ओटा सामुदायिक संस्थाहरुमा संस्थागत सोलार जडान गरिएको छ ।
नेकपाका कालिकोट जिल्ला कमिटी सदस्य युवा नेता तथा अखिल (क्रान्तिकारी)का पुर्ब सचिवालय समितिका केन्द्रिय सदस्य दिपक चौलागाईं (क.शिखर) को पहलमा बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्र Aepc को अनुदान र संबंधित संस्थाको ढुवानी सोलार होम्स नेपाल वनस्थली काठमाडौको जडान ठेक्कामा कालिकोटको तीनवटा संस्थाहरुमा सोलार जडान गरिएको हो ।
महादेव उच्च मा.बि. राराकाटिया मा दुई हजार वाटको, जनता मा.बि. छाती मा एक हजार वाट र ईलाका स्वास्थ्य चौकी सुकाटियामा एक हजार वाटको सोलार जडान गरिएको हो ।