नकाललाई भेरिगङ्गा नगरपालिका सम्पर्क समिती दक्षिण कोरियाको आर्थिक सहयोग


सुर्खेत ।
गत जेठ महिनामा आएको हावा/हुरीले भाँचेको रुखको हाँगाले च्यापिएर बाँया खुट्टामा चोट लागेर घाइते भएका भेरीगङ्गा नगरपालिका १० झिलमिलेका १६ वर्षिय मनबहादुर नकाललाई भेरिगङ्गा नगरपालिका सम्पर्क समिती दक्षिण कोरिया सुर्खेतले नगद रु. १०११११ (एक लाख एक हजार एक सय एघार मात्र ।) रुपैया सहयोग गरेको छ ।
आर्थिक अवस्था कमजोर भएको कारणले उपचारमा समस्या भएको नकाललाई भेरीगङ्गा नगरपालिका सम्पर्क समिति दक्षिण कोरिया सुर्खेतले आर्थिक सहयोग गरेको हो ।


साेमबार समितिले समितिका सदस्य शिव प्रशाद पौडेलले मार्फत नकाललाई आर्थिक सहयोग गरिएको समितिका अध्यक्ष लोकेश खत्रीले जानकारी दिए ।
जेठ ७ गते विद्यालयबाट घर फर्कने क्रममा हावाहुरीले रुख ढलेर बायाँ खुट्टा च्यापिएको र उपचारको क्रममा घाइते नकालले खुट्टा गुमाएका थिए ।
उपचारका क्रममा बाँया खुट्टा गुमाएका नकाललाई सहयोग गर्न चाहानु हुने सहयोगीहरुले 9848164549 मा सम्पर्क समेत गर्न सक्नु हुनेछ ।