विद्यार्थी नेताहरुलाई विना शर्त रिहाई नगरे भोली सुर्खेत बन्द गर्ने : अध्यक्ष शाही

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको ९ औँ स्थापना दिवसको अवसरमा संघिय राजधानीको एक नीजि कलेजले टिसर्ट सौजन्य प्रदान गरेकोमा विश्वविद्यालयका विभिन्न विद्यार्थी संघ/संगठनहरुले आपत्ती जनाउदै आन्दोलन गरेका छन ।
आन्दोलनको क्रममा अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्र बहदुर शाही, अखिल क्रान्तिकारी केन्द्रिय सचिब अमर जङ शाही, अनेरास्ववियु केन्द्रिय अनुसासन आयोग सदस्य नवीन योगि, नेबिसंघ नेता राजन क क, न्युटन ओलि, अनेरास्ववियु नेता महेन्द्र थाप, सरोज नेउपाने, गणेश शाही, चित्र सुनार, तिर्सना हमाल र ममता अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
अन्दोलनको नेतृत्व कर्ता अनेरास्ववियु जिल्ला अध्यक्ष धुपेन्द्रबहादुर शाहीले पक्राउ परेका विद्यार्थी नेताहरुलाई विना शर्त रिहाई नगरे संयुक्त विद्यार्थी संघले आज विश्वविद्यालय र भोली सुर्खेत बन्द गर्ने बताए ।
उक्त कलेजले सरकारी बिश्वविद्यालयको बार्षिक उत्सवको अवसरमा गरिने विभिन्न क्रियाकलापहरुमा टिसर्ट प्रायोजन गरेको प्रति विद्यार्थी संघ/संगठनहरुले कडा आपत्ती प्रकट गर्दै आन्दोलन गरेका हुन ।