कर्णालीमा एक हजारमा ५८ शिशुको मृत्यु

 


सुर्खेत  ।

कर्णालीमा ५ बर्षमुनिका १ हजार शिशुमा ५८ जनाको मृत्यु हुने गरेको छ । कर्णाली प्रदेश स्वास्थ निर्देशनालयको तथ्याङ्क अनुसार कर्णालीका १ जना शिशुमध्य ५८ जनाको पाँच बर्ष नपुग्दै मृत्यु हुने गरेको छ । बुधवार स्वास्थ निर्देशनालय सार्वजनिक गरेको तथ्याङ्कअनुसार कर्णालीमा प्रतिहजार २९ जना शिशुको मृत्यु हुने गरको छ ।
कर्णालीका १९ प्रतिशत किशोरीहरु १५ देखि १९ बर्षबीचको उमेरमा गर्भवती हुने र ४५ प्रतिशतले परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको निदेश्नालयको तथ्याङ्कले देखाएको छ । त्यस्तै कर्णालीमा झण्डै ५६ प्रतिशले दक्ष स्वास्थकर्मीको सहयोगमा सुत्केरी गराउने गरेका छन् भने यहाँका ५५ प्रतिशत बालबालिकाहरुकमा पुट्कोपनको समस्या देखिएको छ ।
कार्यक्रममा स्वास्थ निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रिता भण्डारी (जोशी) ले, कर्णाली प्रदेश स्वास्थको सुचकहरुबाट बाहिर रहेको बताईन् । कर्णालीमा भौगोलिक, आर्थिक, सामाजिक र अन्य कारणले स्वास्थको सुचकमा नागरिक जोडिन नसकेको उनको भनाई छ । स्वास्थ निर्देनलाय कर्णाली प्रदेशले नागरिकहरुलाई सर्वसुलभ स्वास्थ सेवा दिन विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको उनको दावी छ । कर्णालीमा क्षयरोग, कुष्टरोग, कालाजार, जुनोटिक, हात्तिपाईले आदी रोगहरु नियन्त्रण भईरहेको छ ।