सिम्ता गाउँपालिकाको प्राथमिकतामा पुर्वाधार विकास

सुर्खेत । सिम्ता गाउँपालिका सुर्खेतको छैठौँ गाउँसभा मंगलaवारदेखी सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसिको सभाध्यक्षतामा सुरु भएको कार्यक्रममा सिम्ता गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला शाहीले आर्थिक वर्ष २०७६।७७ को वार्षिक बजेट,निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
चालु आर्थिक वर्षको निती तथा कार्यक्रमको समिक्षा गर्दै आगामी वर्षको निति तथा कार्यक्रम उपाध्यक्ष शाहीले प्रस्तुत गर्नु भएको थियो ।
सिम्ता गाउँपालिकाको समृद्धीको आधार भौतीक पुर्वाधार विकासको नारालाई सफलीभुत बनाउनका लागी गाउँपालिकाको समग्र विकासका लागी योजनावद्ध विकासका अभियान सचालन गरिने निति तथा कार्यक्रममा उल्ल्ेख गरिएको छ ।
सिम्ता गाउँपालिकाका वडा नम्वर १ देखी ९ सम्मका वडाहरुको केन्द्र सम्म सडक पहुच मार्ग निर्माण गरि स्तरोन्नती गरिने,गाउँपालिकाको सडक पुर्वाधार विकासमा सहयोग गर्नका लागी ऋषी स्मृती चक्रपथर ईन्द्र विसि दुर्तमार्गलाई गाउँपालिकाको गौरवको योजनाको रुपमा राखिएको छ ।
तेसै गरि सिम्तामा विधुतीकरणका लागी सिम्ता उज्यालो कार्यक्रमलाईर सिंचाई खानेपानी तथा अन्य साना सडकहरुलाई पुर्वाधार विकासमा प्राथमिकताका साथ अडाडी बढाईने उल्ल्ेख गरिएको छ ।
तेस्तै आथिृृक वर्ष ०७६।७७ का लागी ३९ करोड ५२ लाख ४८ हजार विनियोजन गरिएको छ । कुल विनियोजन मध्य अन्तर सरकारी वित्तीय हस्तान्त्रण तर्फ अनुदान १८ करोड ३४ लाख विनियोजन गरिएको छ भने चालु तर्फ १० करोड ८४ लाख ३६ हजार र पुजिगत तर्फ ५ करोड ७९ लाख १२ हजार र प्रती वडा तथा कार्यालउ अनुदान तर्फ ३ करोड ६० लाख र सम्पुरक कोष तर्फ १ करोड विनियोजन गरिएको छ ।