गलत औषधीका कारण दृष्टिविहीन बनिन विनिता शर्मा


सुर्खेत ।
सात महिना अघि ब्रेन ट्युमरको शल्यक्रिया गर्दा गलत औषधीका कारण दृष्टिविहीन बनेकी महाबु गाउँपालिका–१, दैलेखकी ३० वर्षीया विनिता शर्माका परिवारले उनको उपचारमा सहयोग गर्न सबैसँग याचना गरेका छन् ।
गलत औषधिका कारण दृष्टिविहीन बनेकी शर्मा अहिले टाउको दुख्ने समस्याबाट समेत ग्रसित रहेको पती निरक शर्माले बताए । शर्माका अनुसार २०७५ मंसीरमा टिचिङ्ग अस्पतालमा विनिताको शल्यक्रिया गरिएको थियो ।
‘शल्यक्रियापछि थप स्वास्थ्य समस्या बल्झियो, उपचार गर्दा करिव १० लाख रुपैयाँ सकियो,’ उनले भने, ‘उपचारमा लागेको ऋण तिर्न सबै जग्गाजमिनसमेत बेच्यौं, अहिले कोठा भाडा लिएर बस्दै आएका छौं ।’ उनले भाडा तिर्ने रकमसमेत आफूहरुसँग नभएको गुनासो गरे ।
टाउको दुखिरहने समस्या भएपछि विनितालाई गत वर्ष दैलेखबाट सुर्खेतको देउती अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचार नहुने भनेपछि काठमाडौंको टिचिङ्ग अस्पताल लगिएको हो ।
थप उपचारको लागि आर्थिक समस्या भएकोले सबैसँग सहयोगको याचना गरिएको शर्माले बताए ।
सात महिनाअघि ब्रेन ट्युमरको शल्यक्रिया गर्दा जग्गाजमीन सकिएको भन्दै थप उपचारका लागि परिवारले सहयोगको याचना गरेका हुन् ।
विनिताको उपचारमा सहयोग गर्न इच्छुक व्यक्तिलाई उनका आफन्त निरकप्रसाद शर्माको बैङ्क अफ काठ्माडौमा रहेको ०५४८०००००९०१५२४ नम्बरको खातामा अथबा ९८४८१३३३८३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन ।