एसइई परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा


काठ्माडौ ।
२०७५ साल चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको अन्तिम चरणमा पुगेको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा असार १२ गते (आज) सार्वजनिक गर्ने तयारी गरेको छ । परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतन शर्माका अनुसार परिक्षाको नतिजा प्रकाशन आज गर्न लागिएको हो ।
कार्यालयले असार ११ गते परीक्षाको नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेपनि केही प्राविधिक काम बाँकी रहेकाले असार १२ गते बिहीबार (आज) परीक्षाफल सार्वजनिक गर्ने गरी काम भइरहेको कार्यालयले जानकारी दिएको छ ।
देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका परिक्षार्थीहरुको परिक्षाफल प्राविधिक समस्या नआए असार १२ गते नै नतिजा सार्वजनिक गरिने परिक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

परिक्षाको नतिजा हेर्नको लागि