नीजि विद्यालयलाई सौतेनी व्यवहार भयो : संस्थागत विद्यालय सञ्चालक

सुर्खेत ।
भर्खरै प्रकाशित भएको माध्यामिक परिक्षा (एसईई) को नतिजाको चर्चा परिचर्चा देशव्यापी रुपमा भैरहेको छ । सामुदायिक विद्यालयमा राज्यको अर्बौ रुपयाँ लगानी हुँदापनि परिणाम राम्रो आएको देखिदैन । सरकारी विद्यालयहरुमा शिक्षक र कर्मचारीहरु राजनीतिक दलका कार्यकर्ता मात्रै रहेको हुनाले शिक्षणमा भन्दा पार्टीका बैठक र भेलाहरुमा समय दिने गरेका छन ।
सामुदायिक (सरकारी) विद्यालयमा शिक्षाको गुणस्तर खस्किरहँदा हुनेखानेका बच्चाबच्ची नीजि विद्यालय तर्फ आर्कषित बनेका छन भने हुदाँखानेका बच्चाबच्ची सरकारी स्कुलमा जान बाध्य बनेका छन । यसले गर्दा नेपालको शिक्षामा ठुलो खाडल देखिन थालेको छ । नीजि विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु राम्रो गे्रड र अंकका साथ उर्तिण हुने गरेका छन भने सामुदायिक विद्यालयका बालबालिका ठिक्क पास अंक ल्याई उर्तिण हुने र धेरैजसो विद्यार्थीहरु अनुर्तिण भई तल्लो स्तरको श्रम बजारमा जाने गरेका छन ।
यसैपरिवेशलाई लिएर सुर्खेतमा रहेका नीजि (संस्थागत) विद्यालयका प्रमुखहरुसंग सिद्धदर्शन दैनिकले उनीहरुले भोगिरहेका समस्याहरु र शिक्षा क्षेत्रमा गर्नुपर्ने सुधारहरुका बिषयमा कुराकानी गरि विश्लेषणात्मक समाचार तयार गरेको छ ।
सुर्खेतका नाम चलेका विद्यालयहरु मध्येका ईगरब्रिज माध्यामिक विद्यालय, उषा बालबाटिका, आर्दशराज मेमोरियल माध्यामिक विद्यालय, सिद्धपाईला ईग्लिस मिडियम सेकेन्डरी स्कुल, सुर्योदय वोर्डिङ्ग स्कुलले राम्रो नतिजा सहित विद्यार्थीहरुलाई उर्तिण गराएका छन ।
ईगरब्रिज माध्यामिक विद्यालयका संस्थापक हेमप्रकाश भुसालले सम्रग रुपमा प्रदेशको रिजल्ट नराम्रो भएकाले आफु समेत एसईईको रिजल्टप्रति सन्तुष्ट नभएको प्रतिक्रिया दिए । आफ्नो विद्यालयको नतिजा राम्रो भएपनि कर्णाली प्रदेशको रिजल्ट नराम्रो भएकोले जति खुसी हुनुपर्ने हो त्यति आफु नभएको उनको भनाई छ ।
ईगरब्रिजमा २७ जना ए प्लस र ८७ जनाले ए ग्रेूड ल्याएको उनले बताए । आगामी दिनमा हामीले नतिजामा सुधार ल्याउन विद्यार्थी, शिक्षक र अभिभावकसंग सम्पर्क र सहकार्य बढाउने बताए । ‘आजसम्मको नतिजा राम्रो छ, अझै राम्रो बनाउन हामी लागिरहनेछौ,’ उनले भने ।
पछिल्लो समय लागू भएको अक्षरांक पद्धती प्रति उनले सकारात्मक धारणा राखे । ‘गेूड प्रणाली राम्रो छ, यसले विद्यार्थीको स्तर पहिचान गरी थप सुधार गर्ने मौका दिएको छ,’ उनले भने,‘अझै यसलाई सरकारले राम्रो बनाउँदै लैजानु पर्दछ ।
राज्यले लगानी धेरै गरेपनि सरकारी विद्यालयको नतिजा राम्रो नआएको भन्दै उनले अझै मेहनत गर्नुपर्ने सुझाव दिए । ‘सरकारी, नीजि विद्यालय एकै हुन, छुट्याउनु हुदैन र विभेदपनि गर्नु हुदैन, नीजि विद्यालयहरुपनि राज्यकै नियमनमा छन, सबै मिलेर शैक्षिक सुधार गर्नुपर्छ,’उनले भने । भर्खेरै एसईई पास गरेका विद्यार्थीहरुको रुची र चाहाना अनुसार अभिभावकहरुले विषय रोज्ने अधिकार दिनुपर्ने उनको धारणा छ । हौसला र उत्साह दिएर विद्यार्थीले जुन विषयमा दख्खल राख्दछ,उसलाई त्यही विषय पढ्न दिए भविष्य उज्वल हुने उनले बताए ।
यस्तै, यस क्षेत्रकै पुरानो शैक्षिक संस्था उषा बालबाटिकाले पनि एसईईको नजिजाप्रति चित्त बुझाएको छ । सिद्धदर्शन दैनिकसंगको कुराकानीमा प्रधानाध्यापक शुसिल भुसालले नतिजाप्रति आफुहरु सन्तुष्ट रहेको बताउँदै विद्यालयबाट यस पटकको एसईईमा ५ जनाले ए प्लस ल्याएको जनाए । उनले थपे, ‘समग्रमा कर्णालीको नतिजा कमजोर नै आयो, त्यसमापनि सामुदायिक विद्यालयको नतिजा झनै कमजोर भयो, यसमा हामी चिन्तित छौ ।’
आफ्नो विद्यालयमा सि प्लस भन्दा कम ल्याउने विद्यार्थी नभएको भन्दै उनले नतिजा सुधार्न आगामी बर्ष विशेष कक्षा सञ्चालन गर्ने योजना रहेको खुलासा गरे । वालवालिकाहरुलाई उत्साहित र आर्कषित बनाउनेगरी अतिरिक्त कक्षा सञ्चालन गर्ने उनले बताए ।
पछिल्लो समय लागू भएको गे्रडिूङ्ग पद्धतिमा धेरै सुधार गर्नुपर्ने उनको भनाई रहेको छ । उनले नतिजाहरुपनि त्रुटि देखिएकाले परिक्षा वोर्डले सुधार गर्नुपर्ने बताए । नतिजा यो प्रदेशभरीको हिसावले कुरा गर्दा सुर्खेतमा राम्रो भएको तर अन्य जिल्लामा त्यति राम्रो नभएको उनको भनाई छ ।
प्रायःअन्य जिल्लाहरुबाट हिउँदमा २ महिनामात्र केहि विषयकोलागि विद्यार्थी ट्युसन पढ्न मात्र आउने हुनाले नतिजा नराम्रो भएको उनको बुझाई छ । यस क्षेत्रको शैक्षिक सुधारकालागि सबै विद्यालयहरुमा प्रअहरुलाई राजनीतिक नियुक्ती दिन नहुने उनले बताए । विद्याथीैहरुको रुची अनुसार नै अभिभावकहरुले अध्ययन गर्न दिनुपर्ने उनको सुझाव छ ।
यस्तै, आर्दशराज मेमोरियल स्कुलका प्रधानाध्यापक कल्पना कार्कीले आफु एसईईको नतिजावाट खुसी भएको बताई । ‘म लगायत सबै विद्यालय परिवार यो नतिजामा सन्तुष्ट छौ, अझै राम्रो होस भन्ने चाहना हो, खासगरी कक्षा ८ सम्म पढेर राम्रा विद्यार्थी सरकारी विद्यालयमा जाने गरेका कारणपनि नतिजामा कमि आएको छ,’ उनले भनिन ।
आफ्नो विद्यालयमा यसपटकको परिक्षामा ४ जनाले ए प्लस ल्याएको बताउँदै उनले भनिन, ‘सि प्लस भन्दा कम गेडू ल्याउने कोही छैनन, जे होस नतिजा समग्रमा राम्रै भएको छ ।’ आगामी दिनहरुमा नतिजामा सुधार गर्न धेरै योजनाहरु रहेको खुलासा गर्दै उनले भनिन,‘कमजोर विद्यार्थीहरुलाई लक्षित गरेर विशेष कक्षाको व्यवस्था गर्ने र अर्को बर्षदेखि राम्रो नतिजा निकाल्न अझै मेहनत गर्नेछौ ।’
अक्षरांक पद्धतिप्रति आफ्नो धारणा राख्दै उनले एकैचोटी आउँदापनि यो प्रभावकारी भएको बताउँदै राम्रो पढ्ने विद्यार्थीहरुकालागि स्तर निर्धारण गरेर सहि दिशा रोज्न यसले बाटो देखाएको बताईन । ‘यसमा पनि सरकारले केहि सुधार गर्नुपर्ने हुनसक्छ, प्रश्नपत्र देखि अन्य केही टेक्निकल कुराहरुपनि,’ उनले भनिन ।
‘खासगरि सामुदायिक र नीजि विद्यालयबिच समानता होस भन्ने आफ्नो चाहना भएपनि सामुदायिक भन्दा नीजिकै नतिजा राम्रो देखिएको छ, तर सरकारले नीजि विद्यालयलाई सौतेनी व्यवहार गरेको छ,’ उनले सरकारी निकायप्रति चित्त दुखाउदै भनिन । बरु नीजि विद्यालयका कमीकमजोरीहरु हटाउन के गर्नुपर्छ, आफुहरु तयार रहेको बताउँदै उनले सरकारले नीजि विद्यालयलाई हटाउने र उपेक्षा गर्ने नीति लिएको छ, त्यो ठिक नभएको बताईन ।
नीजि विद्यालयलाईपनि सरकारले विभिन्न तालिम र अवसरसंगै प्रोत्साहन दिनुपर्ने उनको माग छ । एसईई उर्तिण गरेका विद्यार्थीहरुलार्ई बधाई दिदै उनले भनिन, ‘अब रुची, चाहना र सबै सोचेर पढ्नुपर्छ ।’ प्लस टु पढ्नकैलागि जिल्ला बाहिर नजान विद्यार्थीहलाई सुझाव दिईन ।
यसक्षेत्रको शैक्षिक सुधारकालागि सम्पुर्ण विद्यालयको स्पष्ट योजना हुनुपर्ने उनको धारणा थियो । विद्यार्थी,अभिभावकहरुको सक्रियता बढेपछि यसक्षेत्रको सुधार हुने उनको ठम्मयाई छ ।
सुर्खेतमा रहेको अर्को संस्थागत विद्यालय सुर्योदय वोडिङ्ग स्कुलमा २ जनाले ए प्लस गेडू ल्याएर उर्तिण गरेको विद्यालयका प्रधानाध्यापक सुनिता रानी गुरुङ्गले बताईन । आफु विद्यालयको नतिजाले उत्साहित भएको उनको भनाई छ । ‘वि प्लस र वि गेडू ल्याउने विद्यार्थीहरुपनि थुप्रै छन,’ उनले भनिन, ‘सि प्लस भन्दा कम ल्याउने विद्यार्थीै छैनन ।’ विद्यालयले आगामी वर्षहरुमा अझै नतिजामा सुधार गर्न अनिवार्य विषयमा थप कक्षा सञ्चालन गर्ने, र अभिभावकहरुसंगको सम्बन्ध बढाएर थप कक्षाहरुपनि सञ्चालन गर्ने उनले बताईन ।
‘पछिल्लो समयमा आएको गे्रड प्रणालीका विषयमा शुरुमा केहि अन्यौलता थिए, विस्तारै सबैले बुझ्दै गएका छन । यसले विद्यार्थीको स्तर निर्धारण गरेको छ ,कुन विषय पढने भन्ने कुराको निर्धारण गेूडले गरिदिएको छ,’उनले बताईन ।
उनले सामुदायिक र सरकारी विद्यालयको अन्तरलाई अन्त्य गर्न सरकारले विशेष नीति लिनुपर्ने बताईन । ‘पछिल्लो समय सरकारले सामुदायिक विद्यालयलाई मात्रै प्राथमिकता दिएको छ, विभिन्न तालिम लगायतका प्रोत्साहन सरकारी विद्यालयलाई मात्रै नै छ, नीजि विद्यालयहरुले सरकारलाई उल्टो कर तिरेर भएपनि शिक्षा क्षेत्रमा ठुलो सहयोग गरेको छ,’उनले बताईन ।
एसईई नतिजा आएपछि विद्यार्थीहरुमा के पढने भन्ने अन्योलता प्रति उनले सुझाव दिईन, ‘जुन विषयमा रुची छ, त्यही पढ्नुपर्छ, सबैले विज्ञानमात्र पढ्ने भन्ने छैन, अभिभावकहरुले पनि विद्यार्थीको रुची र चाहना अनुसारको विषय छनोट गर्ने अधिकार स्वयम विद्यार्थीलाई नै दिनुपर्छ,’ उनको सुझाव छ ।
यस्तै, सुर्खेतमा रहेको अर्को चर्चित नीजि विद्यालय सिद्धपाईला ईग्लिस मिडियम सेकेन्डरी स्कुलका प्रधानाध्यापक नैनसिह खत्रीले सिद्धदर्शन दैनिकसंगको कुराकानीमा एसईईको अहिलेको नतिजामा केहि कमीकमजोरी देखिएपनि सम्रगमा राम्रै रहेको प्रतिक्रिया दिए । ‘म सन्तुष्ट छु, २०७२ सालदेखि अहिलेसम्म कुनैपनि विद्यार्थीले नराम्रो नतिजा ल्याएका छैनन, यसमानेमा म खुसी छु,’ उनले भने ।
‘अहिलेको रिजल्टलाई लिएर जुन विषयमा विद्यार्थीको गेूड कम छ, ती विषयका शिक्षकहरुलाई राखेर हामीले छलफल गरेका छौ,’ उनले भने, ‘कमीकमजोरीलाई समिक्षा गर्दै आगामी दिनमा नतिजा राम्रो बनाउन विद्यार्थी, शिक्षक , विव्यस र अभिभावकहरु गहन छलफलमा बस्छौ , बिहानी कक्षाहरुपनि सञ्चालन हुन्छ ।’ उनले थपे, ‘परिक्षाको बेला थप कक्षा कमजोर विद्यार्थीहरुकालागि सञ्चालन गर्नेछौ ।’
पछिल्लो समय आएको गे्रडिूङ्ग सिस्टमप्रति उनले राम्रो भएको प्रतिक्रिया दिए । यसले विद्यार्थीहरुको जिपिएलाई प्रतिशतमा दिने भएकाले आफ्नो क्षमता देखिने र थप विद्यार्थीहरुलाई उत्साहित बनाउने उनको धारणा थियो ।
हरेक विद्यालयहरुले अहिलेपनि प्रतिशतमै नतिजा ल्याउने भएकाले प्रत्येक विद्यालयले हरेक तहको परिक्षाको नतिजा अक्षरांक पद्धतीमा नै दिनुपर्ने उनले बताए । यस क्षेत्रको शैक्षिक सुधारकालागि सबै लाग्नुपर्ने उनको भनाई छ । शिक्षक मात्र राम्रो भएर शिक्षा राम्रो हुदैन, विद्यालय , अभिभावक, विद्यार्थीै समुदाय सबै सचेत र क्रियाशिल भएमात्र नतिजा सोचेजस्तो आउने उनको धारणा थियो ।
सरकारी र नीजि विद्यलयको नतिजामा धेरै भिन्नता रहेको प्रष्ट पार्दै उनले संस्थागत विद्यालयकै नतिजा राम्रो भएको दावी गरे । सरकारले नीजि विद्यालयप्रति सकरात्मक व्यवहार नगरेपनि सम्रगमा नेपालभर नीजि विद्यालयकै गुणस्तर राम्रो भएकाले सामुदायिक विद्यालयहरुमा सरकारले गरेको ठुलो लगानी खेर जान नदिन सरोकारवालाहरुले सोच्नुपर्ने धारणा राखे ।
एसईई पास गरेर प्लस टु पढ्ने तयारी गरिरहेको विद्यार्थीहरुलाई उनले भने, ‘नतिजा कम छ भनेर निरुत्साहित नहुनुस, कम अंक ल्याएकालेपनि पछि गएर राम्रो प्रगति गर्न सक्दछन, त्यसैले पहिले घरमा सल्लाह गरेर आफ्नो रुची र चाहनाको विषय लिएर पढे अवश्य सफल भईन्छ ।’ (सिद्धदर्शन दैनिकबाट)