सुर्खेतको काँक्रेबिहारमा पर्यटक बढ्दै, घोडा चढ्दा झन रमाईलो

 

सुर्खेत ।
सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र काँक्रेविहार पुन निर्माण तथा ब्यवस्थापन भएसंगै स्वदेशी तथा बिदेशी पर्यटकको संख्यामा वृद्धी भएको छ ।
काँक्रेविहारमा घोडामा चढेर अवलोकन गर्न पाइने भए पछी स्वदेशी तथा बिदेशी पर्यटक बढेका हुन् ।
धार्मिक किम्वदन्ती अनुसार पञ्चपाण्डवको वासस्थान मानिने सुर्खेतको काक्रेविहार मन्दीर राजा अशोक मल्लले विसं १३२५ मा निर्माण गरेका थिए । जहाँ बुद्ध, सरस्वती, विष्णु, पद्म, शंख र रथका पांग्रालगायत विभिन्न मुर्तिहरु रहेका छन् ।


ऐतिहासिक तथा धार्मिक महत्व बोकेको काक्रेविहारको २०७२ साल असार ४ गते देखि निमार्ण कार्य सुरु गरिएको थियो । करिव ८ करोडको लगानीमा निर्मार्ण भन्दीरमा अहिले स्वदेशी तथा विदेशी पर्यटकहरु आउने गरेका छन् ।
वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ९ को सहयोगमा काँक्रेविहार क्षेत्रलाई व्यवस्थापन गरिएको हो । काँक्रेविहारमा मिनि जु, कम्पाउन्ड वालको व्यस्थापन गरिन लागीएको वडा नम्वर ९ का अध्यक्ष सुरेस मानन्धरले बताए ।
काँक्रेविहार क्षेत्र स्वदेसी तथा विदेशी पर्यटक आउने संंख्या दैनीक रुपमा बढेको भन्दै यसको प्रवर्दन तथा व्यवस्थापनमा प्रदेश सरकारले जोड दिनुपर्ने पर्यटक जिवराज गिरिले बताए ।
काठमाडौँ बाट सुर्खेतको काँक्रेविहार घुम्न आउनु भएकी अन्जु गणानेले निकै आकर्षक तथा मनमोहक रहको बताउदैँ सबैजना एक पटक काँक्रेविहार आउनै पर्ने बताईन् ।