रकम भुक्तानी गरिएकै दिन भत्कियो धर्मशालाको भवन


कालिकोट ।
कालिकोटको नरहरिनाथ गाउँपालिका–५ बडिमालिकामा पर्ने पत्तागाडे धर्मशालाको भवन रकम भुक्तानी दिएकै दिननै भत्किएको छ ।
कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको धर्मशाला भवन निर्माण बापत रकम भुक्तानी गरिएकै दिन भवन भत्किएको हो ।
बडिमालिका जाने यात्रुको सहजताका लागि निर्माण गरिएको पत्तागाडे धर्मशाला भत्किएको नरहरिनाथ गाउँपालिका–५ का स्थानीय सर्पबहादुर बोगटीले बताए ।
यता मन्त्रालयका प्राविधिक लवराज शाहीले भवन निर्माण बापतको रकम उपभोक्ता समितिको खातामा दिइसकेको बताए ।
उनले भने, ‘भवन निर्माणको केही काम बाँकी रहेको थियो, पैसा भुक्तानीका लागि उपभोक्ता समितिको खातामा हालिसकेको छ ।’
प्राविधिक शाहीले सामान्य काम सकिन बाँकी रहदा रकम भुक्तानीको काम रोक्न नहुने बताए ।