सुन्दर नेपालको रणनीतिक योजनाको वार्षिक समिक्षा

सुर्खेत ।
सुन्दर नेपाल संस्थाले निर्माण गरेको पञ्चवर्षिय रणनीतिक योजनाको वार्षिक समीक्षा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ ।
पारस्परिक जवाफदेहिता परियोजनाको आयोजनामा र नेपाल राष्ट्रिय समाज कल्याण संघको प्राविधिक सहयोगमा यहि साउन ५ देखि ६ गतेसम्म २ दिने समिक्षा कार्यक्रम सोमबार सम्पन्न भएको हो । बिषयगत क्षेत्र जिविकोपार्जन , खानेपानी तथा सरसफाई , शिक्षा, स्वास्थ्य तथा पोषण , वन वातावरण र नविकरणीय उर्जा र मानव अधिकार सुशासन गरि ६ वटा क्षेत्रको गत १ वर्षको समिक्षा गरिएको थियो । योजनाको क्षेत्रगत समिक्षा, सिकाईहरु , अवसरहरु र चुनौतीहरुको बारेमा छलफल भएको थियो । जसमा सिकाईहरु योजना गर्दा श्रोत साधानमा आधारित भएर गरेमा लक्ष्य प्राप्ती गर्न र नतिजा निकाल्न सजिलो हुने । सार्वजनिक सुनुवाई,सामाजिक परिक्षण,सूचनाको हक जस्ता सामाजिक जवाफदेहिताका औजारहरुको प्रयोग र अभ्यासले सुशासनमा सघाउ पुगेको छ । संस्थाले विषयगत क्षेत्र अनुसार विज्ञताको पहिचान बनाउनको लागि सोही अनुसारको क्षमता विकास गर्नुपर्ने । जसले गर्दा आगामी बर्षमा कार्यक्रमलाई कसरी अगाडी बढन सहयोग गर्ने कार्यक्रममा छलफल भयको थियो । उक्त समिक्षाले अबको १ वर्षका लागि ६ वटै बिषयगत क्षेत्रको वार्षिक कार्ययोजना निमार्ण समेत गरिएको हो ।
सामिक्षामा सुन्दर नेपाल संस्थाका अध्यक्ष , सचिब ,सहसचिब ,कार्यसमिति सदस्य , सल्लाहकार कार्यकारी निर्देशक र विभिन्न परियोजनाका कर्मचारीहरु सहित १७ जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको मुख्य प्रशिक्षक सहजिकरण सुनिल सन शाक्यले गरेका थिए ।