सिम्ता गाउँपालिकामा सिलिङ अनुसार बजेट आएन किन ?

सुर्खेत ।
नियमानुसार समयमै बजेट खर्च गरेको सिम्ता गाउँपालिकामा राजश्व बाँफाडको सिलिङ बमोजिम बजेट निकासा नहुदाँ समस्या भएको छ ।
आर्थिक वर्ष २०७५ – ०७६ को बजेट असार महिना भित्रै खर्च गरेको सिम्ता गाउँपालिकामा अहिले १ करोड ३७ लाख रुपैयाँ बजेट निकासा नहुदाँ समस्या भएको सिम्ता गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक बहादुर हमालले नेपाल दर्शनलाई जानकारी दिए ।
समयमै पुर्ण रुपमा बजेट कार्यान्वयन गर्ने, तथा स्थानीय तहको २०७५ ०७६ खर्च विवरण हेरेर हरेक स्थानिय तहलाई ३ लाख देखी ३७ लाख सम्म प्रोतसाहान रकम दिने भनी आर्थिक वर्ष २०७६ – ०७७ को निति तथा कार्यक्रममा संघ सरकारको निती तथा कार्यक्रममा उल्लेख गरीएपनी आवश्यक बजेट समेत नआएको प्रमुख प्रशासकिय अधिकृत हमालले नेपाले जानकारी दिए ।
सिम्ता गाउँपालिकाले नियमानुसार बजेट खर्च गरेपनी राजश्व बाँफाडको सिलिङ बमोजिम निकासा नदिदाँ सिम्ता गाउँपालिकालाई घाटा हुने र यसको पुर्ति संघ सरकारले गर्नु पर्ने सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसिले बताए ।