पत्रकार शर्माको जीवन बचाइदिन आग्रह

सुर्खेत ।

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशले समाजका सचिव डिल प्रसाद शर्माको ज्यान जोगाउन आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ । समाजले भारतको गुजरातमा डेढ महिनादेखि उपचार गराइरहेका शर्माको ज्यान बचाउन अपिल गरेको हो ।
दैलेख जिल्लाको रूम घर भई हाल वीरेन्द्रनगरमा बसेर देशसञ्चार अनलाइन तथा सुर्खेतबाट प्रकाशित हुने साझा विसौनी दैनिकमा कार्यरत पत्रकार शर्मालाई तीन महिनादेखी बोनम्यारो रोग लागेको पुष्टि भएको समाजका अध्यक्ष शेरबहादुर थापाले जानकारी दिए ।


‘उपचारको अन्तिम विकल्प बोनम्यारो प्रत्यारोपण गर्न कम्तीमा १५ लाख भारतीय रुपैयाँ लाग्ने भएको छ,’ उनले भने, ‘क्यान्सर विभाग अहमदाबादमा उनको उपचार भइरहेको छ । उहाँ भोलि आइतवार नेपाल फर्किँदै हुनुहुन्छ ।’
संस्थाले पत्रकार शर्माको उपचार खर्चका लागि आर्थिक सहयोग गरिदिन आव्हान गरेको हो । पत्रकार शर्माको जीवन बचाउन सम्पूर्ण सहयोगी मनहरूलाई उनकै नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक सुर्खेत शाखामा रहको खाता ०२२०५०५०७९३१३६ नम्बर रकम जम्मा गर्दिनुहुन हार्दिक समाजले अनुरोध गरेको छ ।