भेरीगंगामा साझा सभा एप्स सम्वन्धी एक दिने अभिमुखीकरण

सुर्खेत
भेरीगंगा नगरपालिका क्षेत्रमा रहेका युवायुवतीहरुका लागि एक दिने साझा सभा एप र सूचना प्रविधि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सुन्दर नेपाल संस्था अन्तर्गत पारस्परिक जवाफदेहिता परियोजनाको आयोजना तथा भेरीगंगा नगरपालिकाको समन्वयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
सूचना प्रविधिका औजारहरुको प्रयोग गरेर सार्वजनिक महत्वका विषयहरूमा वकालत गर्न मद्दत पुर्याउने र आÏनो गाँउ ठाँउका समस्याहरु सम्बन्धि निकायमा सुनाउने उद्धेश्यले अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । सुर्खेतको भेरीगंगा नगरपालिका १२ छिन्चुमा नगरपालिकाको हलमा कार्यक्रम भएको हो । साझा सभा एप र आई सि टि सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भेरीगंगा नगरपालिका वाड न १ देखि १३ सम्मका युवा क्लब , बाल क्लब चौतारी रेडियो श्रोता समूह, शिखर रेडियो श्रोता समूह रामघाट स्थानीय सभा ,सहकारी र विभिन्न सञ्जालबाट प्रतिनिधिहरुको सहभागिता थियो ।
नगरपालिका प्रमुख भुपेन्द्रबहादुर चन्दले नगरपालिकाले सदैब नागरिक सेवामा जोड दिईरहेको बताउनुभयो । उहाँले नगरपालिकालाई डिजिटल नगरपालिका बनाउन पहल गर्ने बताउनुभयो । उहाँले नागरिकहरुका गुनासा सम्बोधन गर्नका लागि हदैसम्मको प्रयास भईरहेको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका सुचना अधिकारी कुल बहादुर खड्काले सुचनाको हक र पालिकाले प्रदान गर्ने जानकारी गराउनु भएको थियो । सुचना सम्बन्धि आई सि टिका औजारहरु, साझा सभा एप रेडियो स्रोता समुह किन, पैरवि, पैरवि चक्र जस्ता औजारहरु किन आवश्यक पर्दछ भन्ने बारेमा समेत जानकारी गराउनु भएको थियो । कार्यक्रममा नगरपालिका सूचना प्रविधि अधिकृत अनिल चपाईले नागरिक सेवा र सूचना प्रविधि एक अर्काका परिपुरक रहेको भन्दै युग सुहाँउदो कार्य थालनी भईरहेको बताउनुभयो ।
पारस्परिक जवाफदेहिता परियोजनका अभियान सुपरभाईजर गगन खड्काले पालिकाले प्रदान गर्ने सेवाहरुको बारेमा नागरिकलाई नागरिकमैत्री बनाउँदै अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नगरपालिकाले आम नागरिकका तर्फबाट प्राप्त सुझावहरुलाई कार्यान्वयन गर्दै अघि बढ्न पनि सुझाव दिनुभयो । कार्यक्रममा नगरपालिकाभरका ३१ जनाको सहभागिता रहेको थियो ।