बालविवाह रोक्न अभिभावकको जिम्मेवारी के ? कि बिवाह स्वीकार्ने मात्र हाे ?

जनक तिवारी
बालविवाह नेपालमा यस्तो रणनैतिक सवाल छ जसको सम्बोधनबाट हामि अरु धेरै कुराहरु हासील गर्न सक्छौ । हामि महिलाहरु सक्षम भएको देख्न चाहान्छौ भने छोरी भएर जन्मेपछि कति गुणस्तरीय जिवन बाच्यो त्यसमा निर्भर हुन्छ त्यहा ध्यान दिन जरुरी छ । मध्य र सुदुरपश्चिमका १६ प्रतिशत छोरीहरु १५ बर्ष नपुग्दै विवाह गर्छन । कल्पना गर्नुहोस त त्यो देश जहाँ १५ बर्षमा विवाह गरेर उ स्वयम आमा बन्छ उसको शिक्षा ,उसको जिवन,उसको आर्थिक सहभागिता जस्ता कुराहरु कहाँ पुग्छन होला । बर्तमान परिपेक्षमा वालविबाह एउटा भयानक स्थीति बनेको छ । अझैपनि १०० प्रतिशत किशोरी मध्य ४० प्रतिशत किशोरीको २० बर्ष भन्दा कम उमेरमै विबाह हुने गरेको छ । वालविबाह अत्यन्तै जटिल बनेको छ । वाल विवाह गर्न हुन्न भन्ने कुरा नसून्ने मान्छे साहेदै छैनन होला । सबैले यस बारेमा सामान्यतया थाहा पाएकै छन् । बालविवाह रोक्ने भन्दै विभिन्न संघ संस्था मार्फत वाल सन्जाल, बाल समुह गठन गरियो । तिनिहरुलाइ वालविवाह को हानी नोक्सानि लगायत कानुनी ब्यवस्थाका कुरा सिकाइयो । उनिहरुकै नेतृत्वमा वाल विवाह रोक्न लाग्न अनुरोध गरियो । तर तिनै वालवालिका वाल विवाह गरेर हिडे । वाल कार्यक्रममा भेटघाट भए , वालवालिकाकै लागि वकालत गर्ने भनि नजिक भएर उनै वाल विबाह गरेर हिडेका घटना पनि भेटिन्छन् ।
त्यस्तै विद्यालयमा एउटा शिक्षक समाजको आदर्श ब्यक्ति बनेर पढाउछ , काम गर्छ । पढाउने क्रममा त्यहि शिक्षकले वाल विबाह गर्नुहुन्न भनेर वर्ष भरीमा २ वटा च्यापटर खुब मजाले सिकाइन्छ तर उनकै छोराछोरीले उमेर नपुग्दै विबाह गर्छन । वुवा आमाले सहर्स स्वीकार्छन ,स्वागत गर्छन अनि धुमधामले विवाह गरीदिन्छन । यस्ता घटना समाजमा अझ पनि तारन्तार देख्न पाइन्छ । यी पात्रलाइ हेर्दा विद्यार्थि र शिक्षक बर्गको मानसिकतामा कसरी परिवर्तन ल्याउने एउटा वहस त्यहा गर्नुपर्ने भो ।
अर्को तर्फ समाजमा अभिभावकहरुमा बाहिर जति छोरा छोरी बिचको समानताका कुरा बोलिन्छ र पनि कहि कतै छोरा प्रतिको बढि मोह छोरालाइ लगानि गरे पो पछि आफैलाइ फाइदा हुन्छ ,छोरीलाइ लगानि गर्नु अर्काका लागि हो भन्ने कुराले गर्दा ८÷९ कक्षामा पढाउने वित्तिकै वा यस भन्दानि अझै कम पढाएर माथि नपढाउने गर्ने गर्दछन् । कुनै कक्षामा फेल भएमा छोरालाइ फेरी पढ्न अनुरोध गर्ने तर छोरीलाइ अब पढ्न सक्दिन भनेर हतोत्साहित गर्ने र विद्यालय छुटाइदिने । यसो गर्नाले के देखिन्छ भने अब विद्यालय पनि नजाने अन्य कुनै कार्यको त्यस्तो योजना ,उदेश्य पनि नहुने र घरपरिवार देखि लियर स्वयम ब्यक्क्तिको पनि विबाह प्रति चासो बढ्ने र विबाह हुने देखिन्छ । अर्को कुरा हाम्रो संकार पनि हो । वाल विवाह भैरहेको तर त्यसको प्रभाव तत्कालिन रुपमा मात्र हेरीने गर्नाले त्यो नदेखियको पनि हुनसक्छ । त्यसको दिर्घकालिन प्रभाव र वाल विवाहका कारण परेको अप्रत्यक्ष असरको आकलन गर्न नसक्नाले पनि वाल विबाह हुने गरेको दखिन्छ । जिवनमा गर्न सकिने कुराहरु कम देख्ने र गर्न नसकिने कराको पहाड देख्ने किशोर किशोरीको मनोवृत्तिले पनि वाल विबाह लाइ बल पुर्याएको हुनसक्छ ।
अब यो वाल विबाह रोक्नका लागी पहिले त अहिले पढिरहेका विद्यार्थि, पढाइरहेका शिक्षक ,तिनका अभिभावक लाइ एउटै थलोमा राखेर वाल विबाह के हो? यो किन गर्नु हुन्न ? यसका असर र प्रभावका बारेमा बर्षमा कम्तिमा ४ पटक सम्म उचित परामर्श दिन जरुरी छ । अर्को कुरा अभिभावकले आफ्नो छोरा छोरीलाइ समान दृष्टिकोणले हेर्ने,धेरै छोराछोरी नजन्माउने आर्थिक अवस्थाले धान्ने गरी जन्माउने गनुपर्छ । अब कम्तिमा १२ बर्षको विद्यालय शिक्षा पढाउने हो भने १२ बर्ष त्यहि खर्च हुने उता ५ वर्ष विद्यालय पुर्वको समयलाइ जोड्दा १७ बर्ष वितिसक्छ । अनि त्यसभन्दा माथिको ३ वर्ष पढाइमा वा अरु कुनै सिप तथा आयमुलक काममा लगाउने हो भने २० बर्ष त सहजै हुन आउछ । यो कुराको वातावरण मिलाउन अभिभावकको अहम भुमिका हुन्छ । यो कुरा उनिहरुले यक पटक गम्भिर भएर मनन गर्नुपर्ने हुन्छ ।
जनचेतानाका कार्यक्रमहरु त यहा प्रशस्त भए तर स्पष्ट रुपमा वाल विबाहले पछिसम्म वा तत्काल ,प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा पार्ने असर र प्रभाव को बारेमा शसक्तरुपमा जनचेतना फैलाउने र सुच्म विश्लेशणको आधारमा हुनुपर्ने देखिन्छ । हाम्रा अभिभावकले छोराछोरी साना छदा देखि नै साना साना कुराहरु जो गालि गर्दा होस अन्य कुरा भन्दा वा सिकाउदा होस विबाह सँग जोडेर कुराकानि गर्छन । यसले उनिहरुको मनोविज्ञानमा विबाहको छाप बस्छ उनिहरु त्यसलाइ सामान्य रुपमा लिन्छन । त्यसैले सानो देखिनै अभिभावकले आफ्ना छोराछोरी को राम्रो मनोविज्ञान तयार गर्नुपर्छ । हामिले गर्ने धेरै कुरा र ब्यबहारहरु हेर्दा सानो लाग्ने तर प्रभाव नराम्रो पर्न जाने हुनसक्छ त्यसमा हामि सचेत हनुपर्छ । जब एउटा छोरी वा छोराको २० वर्ष नपुग्दै विबाह हुन्छ पहिलो कुरो त उनिहरुको पढाइले निरन्तरता पाउने सम्भावना घटेर जान्छ र शिक्षित हुने सम्भावना कम हुन्छ । दोस्रो, जब एउटा छोरीले पढ्न पाउदिन उसँग प्रयात्त सिप क्षमता हुदैन र उसको रोजगारी र कामको अवसर पनि गुम्छ किनकि क्षमता र सिप शिक्षासँग जोडियको हुन्छ । यसले आफु आत्मनिर्भर हुने कुरा गुम्न जान्छ । अनि जब कहि कहि न परनिर्भर हुनुपर्छ त्यो ब्यक्तिले आफ्ना रोजाइ गुमाउछ त्यसको सँगसगै आफ्ना आवाज र स्वत्रतापनि गुमाउछ । बैज्ञानिक हिसाबले पनि हाम्रो जुन तिन तहको दिमाग हुन्छ त्यसको पनि २२ बर्षसम्म पुर्ण रुपमा विकास भएको हुदैन । अझ छोरीहरुमा त सानो उमेरमै विबाह गर्दा पछि विभिन्न खालका शारीरिक समस्या र संकटहरु देखापर्ने गरेको छ । यसर्थ वाल विबाह भयानक दुर्घटना हो यसबाट बच्न , बचाउन र यसलाइ कम गर्दै लैजान जो जहाबाट सकिन्छ त्यहाबाट लाग्न जरुरी छ । अब हामिले बाल बिवाह हुनुका सतहका नभइ गहिराईका कारक माथि काम गनुपर्ने छ । हाम्रो मानसिकता तयार गर्ने सामाजिक नियम र वातावरणमाथि काम गरेर सुधार गनुपर्ने आवश्यकता छ ।

लेखक तिवारी नागरिक समाजका प्रतिनिधी हुन ।