७ औं जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा चन्द


सुर्खेत ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सुर्खेतको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
प्रतिस्ठानले शनिबार एक कार्यक्रमको आयोजना गरि संस्थाको ७ औ जिल्ला अधिवेशन सम्पन्न गरेको हो । सम्पन्न अधिवेशनबाट खड्कबहादुर चन्दको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।
जसको निवर्तमान अध्यक्षमा उत्तम शर्मा, प्रथम उपाध्यक्ष चन्द्रबहादुर मन्दिर मगर, द्वितीय उपाध्यक्षमा भानुभक्त रिजाल, महिला उपाध्यक्षमा तुलसी शाही, सचिवमा कवि गिरि, सह–सचीव अम्मरबहादुर चन्द, कोषाध्यक्षमा सुर्य थापा, सह–कोषाध्यक्षमा पार्वती थापा र सस्थाको प्रबक्तामा लक्ष्मी लामिछाने रहेका छन ।


यस्तै सदस्यहरुमा पवन योगी, गिता रिजाल, सुनिता विसी, सुनिता राना, निर्मला गाहा, सन्जय योगी, सुजन गिरी, कृष्णा राना, अन्जली सापकोटा, रमेश शाही, कुमार रखाल, राजु सोनाम, चिन्तामणी कडेल, रोशन राना रहेका छन ।
अधिवेशनबाट पूर्व अध्यक्ष चन्द्रबहादुर राना, जर्माया बाँठा, खम्बराज गिरी र लक्ष्मिप्रसादद भट्टराई सम्मानित भएका छन ।
यस्तै अधिवेशनले टिकाराम चपाई लोक दोहोरी गीत पुरकार तर्फ हरिमाया कार्की, उत्कृष्ट कार्य सम्पादन तर्फ भानुभक्त रिजाल र नव प्रतिभा पुरस्कारबाट कविराज गिरी र पवन योगिलाई पुरीस्कृत गरेको छ ।
कार्यक्रम कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्र नन्दसिंह बुढाको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष उत्तम शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।