हरि विष्टको तिज गित ‘माइतीको देश २’ बजारमा आयो ( भिडियो सहित )

सुर्खेत ।
सुर्खेती सर्जक हरी विष्टको माईतीको देश भाग २ बजारमा आएको छ ।
नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिए संग विष्टले आफ्नो युटुब च्यानल मार्फत बजारमा ल्याएका हुन् ।
यसै तीजको अवसरमा कलाकारहरूले तीजका भाकाहरू बजारमा पठाइरहेका छन् । उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ ।
हरि विष्टको शब्द संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन्। मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह, रमा थपलिया। प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ। करण चैसिरले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका हुन् भने प्रविण भट्टले म्युजिक भिडियो सम्पादन गरेका छन् ।