चैत मसान्तभित्र योजना कार्यान्वयन सक्छौँ, प्रमुख प्रशासकिय अधिकृत खरेल

सुर्खेत, ०२ भदौ ।
चैत मसान्त भित्र नगरका सबै योजनाहरु सम्पन्न गरि सक्ने लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण खरेलले जानकारी दिनुभएको छ ।
नेपाल दर्शन संग कुराकानी गर्दै खरेले यस्तो बताउनु भएको हो । आर्थिक वर्ष २०७६ – ०७७ मा कुल ४१ करोड ४१ लाख १८ हजार रुपैँया रहेको पनी प्रमुख प्रशासकिय अधिकृत खरेलले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा नगरपालिकाको भवन निर्माणको योजनालाई प्रथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो । नगरपालिका भित्र रहेका १० वटा वडाहरु मध्य वडा नम्वर ५ नेटालाई ५८ लाख रुपैँया र अन्य ९ वटा वडाहरुलाई ५३ लाखका दरले बजेट विनियोजन गरिएको  प्रमुख प्रशासकिय अधिकृत खरेलले बताउनुभयो । गएका वर्षहरुमा उपभोक्ता समितीले तालिम नपाउँदा उनिहरुले पाउने भुक्तानीमा झन्झट हुने गरेको कारणले यस वर्षभने योजना कार्यान्वयनको पहिलो चरणमै उपभोक्ता समितिलाई तालिम दिईने उहाँले बताउनुभयो । नगर स्तरिय तथा वडा स्तरिय योजनाका बारेका जनतालाई जानकारी दिनका लागी रातो किताव निर्माण पनी अन्तमि चरणमा रहेका उहाँले जानकारी दिनुभयो । कृषी अभियान संचालन गर्न ८० लाख र लक्षीत बर्गका लागी २० लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत खरेलले बताउनुभयो ।