पाइनियरको १५ औं स्थापना दिवस


सुर्खेत ।
पाइनियर बहुउद्देश्यीय सहकारीले संस्थाको १५ औं स्थापना दिवसमा लुगा धुने सोडा उद्घाटन गरेको छ । मंगलबार एक कार्यक्रममाबीच संस्थाले पाइनियर डिटरजेन्ट पाउडर सोप एण्ड केमिकल उद्योगको उद्घाटन गरेको हो । स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्र भारीले सहकारीहरुले आयआर्जनका कार्यक्रमहरु सञ्चालनमा जोड दिनु पर्ने बताए ।
सहकारीले बचत संकलन गर्ने र नाफामुखी मात्र बन्न खोज्दा नागरिकको जीवनस्तर परिवर्तन हुन नसकेको बताए । सहकारीका क्रियाकलापहरु सदस्यको आर्थिक विकास र रोजगारी सिर्जना गर्न केन्द्रित हुनु पर्नेमा जोड दिए । ‘आफ्नै घर अगाडी सहकारीले सोडा उद्योग खोल्नु सफल भएको छ यो सदस्यहरुका लागि खुशीको कुरा हो’ उनले भने, ‘हाम्रो घर आँगनकै सहकारीले खोलेको उद्योगबाट उत्पादन हुने सोडा (सरफ) को बजार व्यवस्थापन गर्न सबै सदस्य लाग्नु पर्ने बताए ।
संस्थाका अध्यक्ष भिमबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष उपेन्द्रबहादुर खड्काले सहकारीले करिव ७० लाख बरावरको लगानीमा उक्त पिएमसी नामक सोडा (सरफ) उद्योग सञ्चालनमा ल्याएको जानकारी दिए । उद्योगबाट १० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको उनले बताए । सुर्खेत उद्योग वाणिज्य संघका उपाध्यक्ष, विभिन्न सहकारीका प्रतिनिध, शेयर सदस्यको उपस्थिति रहेका थिए ।