शिक्षाका लागि राष्ट्रिय अभियानको कोषाध्यक्षमा आचार्य

सुर्खेत ।
गुणस्तरीय शिक्षाका अभियन्ता टीकाराम आचार्य शिक्षाका लागि राष्ट्रिय अभियान को कोषाध्यक्षमा निर्वा्चित भएका छन् ।
काठमाडौमा भएको भेलाले उनलाई सर्वसम्मत रुपमा राष्ट्रिय कोषाध्यक्षमा चयन गरेको हो ।
समाज जागरण केन्द्र स्याक नेपालका कार्यकारी निर्देशक समेत रहेका आचार्य सुर्खेतको अमरज्योति नमुना माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुन् ।
शैक्षिक क्षेत्रमा लामो अनुभव भएका उनकै अगुवाईमा अमरज्योति नमुना विद्यालय नेपालकै उत्कृष्ट विद्यालयको रुपमा चिनिन्छ ।
नवनिर्वा्चित कोषाध्यक्ष आचार्यले गुणस्तरीय शिक्षाको अभियानलाई अझ शसक्त रुपमा अघि बढाउने बताए ।
आफ्नो विद्यालयका अध्यक्ष आचार्य केन्द्रीय कोषाध्यक्षमा भएपछि प्रधानाध्यापक खगेन्द्र थापाले खुसी व्यक्त गदै कार्यकालका सफलताको कामगना गरेका छन् ।