नेपालमै पहिलो पटक सिभिल बैंकको एन्युटी डिपोजिट निक्षेप योजना

सुर्खेत ।
सिभिल बैंकले नेपालमामै पहिलो पटक एन्युटी डिपोजिट निक्षेप योजना ल्याएको जनाएको छ ।
बैकले आईतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर नयाँ योजना ल्याएको जनकारी गराएको हो ।
एन्युटी डिपोजिटमा बचत र मुद्दतीको समायोजन गरेर बनाइएको निक्षेप योजना रहेको बैंकले जनाएको छ ।
एन्युटी डिपोजिट योजना अन्तर्गत भविष्यमा आफूलाई चाहिने रकम तोकेर बचतकर्ताले निश्चित अवधिमा समान मासिक किस्ता बैंकलाई भुक्तानी दिईने बैकका कर्णाली प्रदेश प्रमुख शैलेस कार्कीले बताए ।
यो योजनाले बचतकर्ताले इच्छाइएको रकम अन्त्यमा एकमुष्ठ रकम प्राप्त गर्ने उनले जानकारी दिए ।
योजनामा खोलिएको खाताको ब्याजदर खाताको अवधिभर स्थीर रहने भन्दै न्युनतम मौज्दात एक हजार हुनु पर्ने प्रमुख कार्कीले बताए ।
यो योजना अन्तर्गत एक देखि सात वर्षसम्म बचतकर्ताले मासिक रुपमा खातामा निश्चित रकम हाल्नु पर्ने व्यवस्था रहेको छ ।
एकभन्दा बढी खाता खोल्न पाइने भएकाले आवश्यक परेमा ३ महिनापछि बन्द गर्न मिल्ने तथा खातामा जम्मा भएको रकम अनुसार ६० प्रतिशत ऋण निकाल्न पाइने व्यवस्था गरिएको उनले जानकारी दिए ।
सिभिल बैंकले कर्णालीबाट ६ वटा शाखाहरु मार्फत् आफ्नो सेवा दिइरहेको छ जनाएको छ ।