कक्षा कोठामै विद्यार्थीहरु विरामी पर्न थालेपछि पढाई प्रभावित


सल्यान ।
शारदा नगरपालिका–११ मा रहेको महेन्द्र रत्न माध्यमिक विद्यालय हिवल्चाका विद्यर्थीहरु कक्षा कोठामै विरामी पर्न थालेपछि पढाई प्रभावित भएको छ ।
दुई महिना यता कक्षा कोठामै छात्राहरू मुर्छा पर्ने, बर्बराउने, काप्ने गरेपछि पढाई प्रभावित (बाँकी ४ पेजमा) भएको हो । ९ वर्ष उमेर देखि १२/१३ वर्षभित्रका छात्राहरूमा यस्तो प्रकारको रोग देखिएको विद्यालयका प्रधानाध्यापक जीतबहादुर बुढाथोकीले जानकारी दिए ।
छात्रा विरामी पर्न थालेपछि अन्य विद्यार्थी समेत डराउन थालेका छन् । विद्यालयमा जाँदा विरामी होइन्छ भन्ने डरले विद्यार्थी विद्यालय निकै कम आउन थालेको बुढाथोकीले बताए ।
‘विगतका वर्षहरूमा २/३ जना छात्रामा यस्तो समस्या देखिएको थियो, तर जेठ महिनादेखि यो समस्या बढेर आएको छ’ उनले भने । उनका अनुसार केही साता यता दैनिक २० देखि २५ जना छात्राहरू काप्ने, बरबराउने, मुर्छा पर्ने गरेका छन् ।
यस्तै, विद्यालयकी शिक्षिका प्रतिभा ओलीले विद्यालय बाहिर यस किसिमको समस्या नदेखिएको उनले बताइन् । उनले भनिन, ‘विद्यालयमा आएपछि र्बबराउने, काप्ने मुर्छा पर्ने भएपछि विद्यार्थी विद्यालयमा आउन मान्दैनन् ।
रोगको पहिचान गरी निदान गर्न नसक्दा समस्या बढ्दै गएको ओलीको भनाई छ ।’ दैनिक यस प्रकारको समस्या देखा परेपछि विद्यालयमा विद्यार्थी उपस्थिति कम हुँदै गएको छ । वि रामी भएका विद्यार्थीलाई केही दिन घरमै आराम गर्न आग्रह गर्ने गरेको प्रअ बुढाथोकीले जानकारी दिए ।