रवी लामिछानेविरुद्ध परेको मुद्धाको सुनुवाई हुँदै


काठ्माडौ ।
सिधा कुरा जनातासंग कार्यक्रम प्रस्तोता पत्रकार रवीलामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर थप अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई हुने भएको छ ।
पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहनका अभियुक्त रवी लामिछाने र उच्च अदालत पाटनको हेटौंडा इजलासले रवी, युवराज र अस्मितालाई थुनामा राखेर अनुसन्धान गर्न माग गर्दै दर्ता भएको रिटमाथि आज सुनुवाई गर्ने भएको हो ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनका अभियुक्त रवी पाँच लाख, युवराज तीन लाख रूपैयाँ धरौटीमा छुटेका थिए भने अस्मिता सामान्य तारेखमा छुटेकी थिइन् ।
मंगलबार भएको सुनुवाईमा न्यायाधीश टेकराज नेपालको एकल इजलासले रवीसमेतको निवेदन, सरकारी वकिल कार्यालयको निवेदन र चितवन जिल्ला अदालतले पठाएको प्रतिवेदन एकसाथ राखेर पेश गर्न आदेश दिएको थियो ।
तीनै जनालाई थुनामा राख्न माग गर्दै सरकारी वकिलको कार्यालयले गत सोमबार उच्च अदालतमा रिट दायर गरेको थियो ।