एक हप्तादेखि सल्यानका दुई बालिका सम्पर्क विहन


सुर्खेत ।
जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका–१० मा रहेको श्री भगवती आधारभुत विद्यालय माझकाँडामा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया खीमा वली र कक्षा ६ मा अध्ययनरत १३ वर्षीया प्रतिमा बटाला एक हप्ता देखि परिवार र आफन्तसँग सम्पर्क विहीन बनेका छन् ।
भदौ १९ गते बेलुका ७ बजेसम्म घरमै खेलिरहेका उनीहरु अकस्मात हराएको खिमाका बुवा अम्बर वलीले बताए । छरछिमेक, वरपर खोजबिन गर्दा पनि फेला पार्न नसकेको वलीको भनाइ छ ।
बालिकाहरुको खोजी गरिदिन आफन्तहरुले प्रहरी चौकी बालुवासंग्रहीमा निवेदिन दिए लगत्तै ती बालिकाहरुको खोजी कार्यमा प्रहरी लागेकोे प्रहरी चौकी बालुवासंग्रहीका इन्चार्ज दीपक शाही ठकुरीले बताए ।
उनका अनुसार दुवै बालिकाहरुको फोटो र हुलियाका आधारमा खोजी कार्य भइरहेको र हालसम्म फेला पार्न सकिएको छैन ।