सेवा सुविधा सधैँ समाजिक कार्यमा लगाउँछन्, जनप्रतिनीधी शाहि

सुर्खेत । सिम्ता गाउँपालिका वडा नम्वर ३ का वडा सदस्य लोक बहादुर शाहिले आफ्नो सेवा सेवा सुविधा समाजिक कार्यमा प्रयोग गर्दै आएका छन् ।
नेपाल सरकार बाट आफुले पाउने मासिक ५ हजार तलब भत्ता जम्मा गरि अर्को सिम्ता गाउँपालिका वडा नम्वर ३ मा रहेको नेपाल राष्ट्रीय आधारभुत विद्यालय झ्याममा बुधवार २५ हजारको अक्षयकोष स्थापना गरेका हुन् ।
गरिब तथा जेहन्दार विद्यार्थीको लागि आमा चोचि शाही र बुवा गंगा शाहीको सम्मानमा अक्षयकोष स्थापना गरेको उनले बताए ।
एक औपचारिक कार्यक्रम विच उनले विद्यालय अध्यक्ष जित बहादुर सिंहलाई २५ हजारको चेक हस्तान्तरण गरेका हुन् ।
विद्यालय अध्ययनरत तथा विपन्नमा छनोट भएका छात्रा पवित्र जैसि र छात्र नवीन विकलाई प्रोतसाहान स्वरूप एक एक हजार रुपैँया समेत सहयोग गरेका छन् ।
शाहिले १ वर्ष पहिले आफ्नो सेवा सुविधा तथा भत्ताको रकम स्वर्गीय दाजु यामु शाहीको सम्झनामा सिम्ता गाउँपालिका वडा नम्वर ३ मा रहेको मावि लापुमा पनी ५० हजारको यामु स्मृति अक्षकोष स्थापन गरेका थिए ।
साथै विश्व साईकल यात्रि हाल नेपाल कै ७७ जिल्लामा यात्रामा रहेका बालकृष्ण शाहीलाई उनको यात्रामा सहयोगको लागि ३० हजार सहयोग गरेका थिए ।, यस्तै गरि आफ्नो वडा सदस्यको नाममा आउने सम्मपुर्ण तलब भत्ता सामाजिक कार्यमा लगाउने उनले बताए ।