लेकवेशीमा ३ महिने ब्युटि पार्लर सम्बन्धी आधारभुुत तालिम सम्पन्न

सुर्खेत । लेकवेशी नगरपालिकामा ब्युटि पार्लर सम्बन्धी ३ महिने आधारभुत तालिम सम्पन्न भएको छ ।
लेकवेशी नगरपालिकाको आर्थिक सहयोग र निकिता ब्युटिपार्लर तथा ट्रेनिङ सेन्टरको सहजिकरणमा सम्पन्न भएको हो ।
तालिमको समापन कार्यक्रममा बोल्दै लेकवेशी नगरपालिका नगर प्रमुख गगन सिं सुनारले विभिन्न क्षेत्रमा विभिन्न प्रकारका जनशक्ती तयार गर्ने गरि काम गरिहेको बताए । नगरपालिकाले जनताको चाहाना तथा आवश्यक्ताका आधारमा विभिन्न सिपमुलक तालिमहरु संचालनलाई निरन्तरता दिने पनी उनले बताए ।


९ जना सहभागी रहेका कार्यक्रममा लेकवेशी नगरपालिकाकी उपप्रमुख शान्तीकुमारी छन्तेलले लेकवेशीका महिला तथा युवाहरुलाई सिपमुलक तालिम प्रदान गरि स्थानिय स्तरमै रोगारि सृजना गर्न नगरपालिका सधैँ तयार रेहेको बताईन् ।