कर्णालीमा ६ जनामा डेंगुको संक्रमण

सुर्खेत । सुर्खेतमा भदौ २१ गते पश्चात ६ जनामा डेंगु भेटिएको छ ।
प्रदेश अस्पतालमा ५ जना तथा स्थानीय माया मेडिकल हलमा १ जनामा डेंगुको संक्रमण भेटिएको हो ।
यस भन्दा पहिला बराहताल गाउँपालिका–१ का यलिना पुलामीलाई भदौ २१ गते डेंगु लागेको प्रदेश अस्पतालले पुष्टि गरेको थियो ।
त्यसपछि वीरेन्द्रनगर–६ का कृष्णा विक, ४ का उदय सुनार, भेरीगंगा–११ का लीला रिजाल, वीरेन्द्रनगरका शर्मिलादेवी न्यौपानेलाई डेंगुको संक्रमण देखिएको मेडिकल सुपरिन्टेन्डेन्ट तथा अस्पताल प्रमुख डा. डम्बर खड्काले बताए । उनका अनुसार थप १ जना माया मेडिकल हलमा डेंगुको उपचार गराइरहेका छन् । वीरेन्द्रनगरको यरिचोककी मीना रावतको मेडिकलमा उपचार भइरहेको छ ।
मेसु डा. खड्काले डेंगुको उपचार सहजै हुने गरेको बताए । ‘अहिले जसरी डेंगुबारे जस्ता कुरा आएपनि डराउनुपर्ने अवस्था नभएको बताए ।
डेंगुबाट बच्न सबैभन्दा पहिले लामखुट्टेको टोकाइबाट जोगिनुपर्ने उनले बताए ।