२५ वर्षपछि बड्डीचौर–गुटु–सिमलचौर सडकको डिपिआर शुरु

सुर्खेत । ट्याक खोलिएको झण्डै २५ वर्षपछि बड्डीचौर–गुटु–सीमलचौर सडकको विस्तृत परियोजना रिपोर्ट (डिपिआर) शुरु गरिएको छ । सरकारले मदन भण्डारी राजमार्ग घोषणा गरेसंगै पश्चिम सुर्खेतको लाइफलाइन सडकको डिपिआर शुभारम्भ आईतबारदेखी गरिएको हो ।
०५१ सालमा बड्डीचौर–गुटु–सीमलचौर ट्याक खोलिएको सडकको वर्षौदेखी ग्राभेलसम्म नहुँदा पश्चिम सुर्खेतका नागरिकले सास्ती झेल्नु परेको छ । तर डिपिआरसंगै सडक कालोपत्रको काम समेत समयमै सम्पन्न हुनेमा स्थानीय उत्साहित छन् । मदन भण्डारी राजमार्ग पूर्वी सुर्खेतको मालारानीको काल्चेदेखी पश्चिम सुर्खेतको वेनीघाटसम्म १३२ किलोमिटर पर्दछ ।
तर पश्चिम सुर्खेतको बड्डीचौरलाई जिरो प्वाइन्ट मानेर पहिलो खण्डमा ९४ किलोमिटर सडकको डिपिआरको काम अघि बढेको छ ।
डिपिआरको जिम्मा सील्ट सीआरसी जीओकम जेभी ललितपुरले पाएको डिभिजन सडक सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार हाल कायम रहेको सडकको बिच प्वाइन्टदेखी दुवैतर्फ ३१÷३१ मिटर डिपिआरमा समेटिने छ ।
जेभीले कम्तीमा ५० दिनमा डिपिआरको काम सम्पन्न गर्ने जनाएको छ । प्राविधिक सर्भे, सडक डिजाइन, वातावरणीय प्रभाव मुल्यांकनको काम समेत संगसंगै गरिने सर्भे ईन्जिनियर भक्तहरी श्रेष्ठले बताउनुभयो । डिपिआरमा स्थानीय तहसंगै समन्वय गरेर काम अघि बढाउने श्रेष्ठको भनाई छ ।
‘पश्चिमको विकासमा एक हौं’
पश्चिम सुर्खेतको विकासमा सडक मेरुदण्ड भएको भन्दै निर्वा्चित प्रतिनीधि सभा सांसद, तीनै तहका स्थानीय जनप्रतिनिधीहरुले सडक निर्माणलाई समयमै सक्न सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । अथक प्रयासपछि वर्षौदेखी पश्चिम सुर्खेतका नागरिकले भोग्दै आएको सडक सास्ती अबको केही वर्षमा पूरा हुने सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सांसद नवराज रावतले बताउनुभयो ।

उहाँले क्षतीपूर्तीको नाममा बखेडा नझिक्न स्थानीयलाई आग्रह गर्नुभयो । ‘पश्चिम सुर्खेतको विकासमा सबैले एकमत बनाउन जरुरी छ’ रावतले भन्नुभयो, ‘यतिका वर्षसम्म यात्रामा निकै सास्ती झेल्यौं, काम अघि बढ्दा बखेडा कसैले नझिकौं, डिपिआर टोलीलाई सक्दो सहयोग गरौं ।’
सांसद रावतले डिपिआरको काम सम्पन्न भएसंगै चालु आर्थिक वर्ष नभए आउने आर्थिक वर्षमा टेण्डर आह्वान गरेर कालोपत्रेको काम शुरु गर्न पहल गरिरहेको बताउनुभयो । रावतकाअनुसार तीन वर्षमा विजौरासम्म सडक कालोपत्रे गरिने र बिजौरादेखी लगामको वेनिघाटसम्म सडक ग्राभेल गर्नेगरी काम अघि बढाउने तयारी छ ।
चौकुने र बराहताल गाउँपालिकाका अध्यक्षद्वय धिरबहादुर शाही र तेजबहादुर बस्नेत तथा पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले पश्चिमको विकासमा राजनीतिक बखेडा नगर्ने प्रतिवद्धता जनाउनुभयो । राजमार्गको डिपिआर गर्ने क्रममा परामर्शदातालाई समन्वय गरेर अघि बढ्न आग्रह उहाँहरुले गर्नुभयो । पश्चिम नेपालबाट