कृषि बजार ब्यवस्थापन समितिको अध्यक्षमा शाही


सुर्खेत ।
कृषि बजार व्यवस्थापन समिति सुर्खेतको अध्यक्ष पदमा प्रवल शाही चयन भएका छन् ।
वीरेन्द्रनगरका कृषक, व्यापारीहरुले मंगलबार शाहीलाई चएन गरेका हुन् ।
यसैगरी समितिको सदस्यमा लक्ष्मण खत्री, टोपेन्द्रजंग शाही, इन्दु शाही, इमानसिं वस्नेत, कर्णबहादुर बुढा, विवेक आचार्य र रम्मा कुमारी वि.सी. चयन भएका हुन् ।
समितिमा व्यापारी, कृषक, वडा प्रतिनिधिलगायतको प्रतिनिधित्व रहेको छ ।