राष्ट्रिय जागरण अभियान अन्तरगत दोश्रो चरणको आन्दोलनको समापन



सुर्खेत ।
नेपाली काँग्रेसले संञ्चालन गरेको दोस्रो चरणको हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियान तथा बिरोध सभा समापन भएको छ ।
गत भदौ २४ गतेदेखी सुर्खेतसहित देशभर शुरुभएको जागरण अभियानको मंगलबार समापन गरिएको हो ।
सुर्खेतका दुई क्षेत्रका चारवटा प्रदेशहरुमा अभियान संञ्चालनपछि पार्टीकार्यलय सुर्खेतमा अभियानको समापन गरिएको हो ।
समापन कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले जागरण अभियानले काँग्रेस भित्र उत्साह थपिएको बताएका छन । उनिहरुले अभियानले पार्टीभित्र देखिएको मनमुटाबलाई अन्त्य गरेको भन्दै अव संगठन निर्माण सबै एकजुट भएर लाग्नुपर्नेमा जोडदिएका छन ।
नेताहरुले यो अभियानले काँग्रेसमा नयाँ शन्देशको आशा पलाएको भन्दै अव शसक्त भएर अगाडी बढ्न् नेतृत्वलाई आग्रह गरेका छन ।
उनिहरुले गाँउमा जनता एकजुट भएको तर नेताहरु गुटउपगुटमा लाग्दा पार्टी कम्मजोर बन्दै गएको भन्दै सचेत रहन आग्रह गरेका छन ।
यसैबीच समापन कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले जागरण अभियानले काँग्रेसलाई उत्साह थपेको भन्दै अव पार्टीभित्रको संस्थागत सुधार तर्फ लाग्नुपर्ने बताए । उनले पार्टीभित्र अनुशासन हराउदै गएको प्रति चिन्ता जनाउदै अनुशासन विनाको पाटीले जनताको मन जित्न नस्कने ठोकुवा गरे । कर्णाली प्रदेसभाका संसदिय दलका नेता समेत रहेका नेता शाहीले सरकार एक पछि अर्को कान्ड निम्त्याउदै जनतामा निराश थप्दै गएको आरोप लगाए ।
यस्तै नेपाली काँग्रेस सुर्खेतका पुर्व पार्टी सभापती एवम पुर्व राज्यमन्त्री तप्तबहादुर विष्टले पाटी भित्र एकले अर्कोलाई सम्मान गर्ने परिपाटी अन्त्य गर्नुपर्नेमा जोडदिए ।
उनले अहिलेको अवस्थामा पनि पार्टीभित्र मिल्नुको विकल्प नभएको भन्दै विगतका कमी कम्जोरीलाई बिर्षेर अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा जागरण अभियानका प्रतिनिधिहरु कालिबहादुर सहकारी, मानवहादुर नेपाली जगतजंङग थापा र निरन्जन सिजापतीले कांग्रेसलाई संस्थागत सुधार गर्नुपर्ने, पार्टीको आन्तरिक कलह मेटाउनुपर्ने जस्ता सुझावहरु आएको बताएका छन ।
कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल महिला संघ सुर्खेतका अध्यक्ष पार्वती गिरी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।