एक दने कार्यशाला गोष्ठी सम्पन्न


सुर्खेत ।
गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेश समितिको आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।
गैरसरकारी संगठनहरुको स्वततन्त्र अभिब्यक्तिको नीतिगत पैरवी सम्बन्धका बारेमा एकदिने कार्यशाला गोष्ठी सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न गरेको हो ।
कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव डिलु घिमिरेले गैर सरकारी संस्थाहरु सरकारको विरोधी नभएको भन्दै गैर सरकारी संस्थाहरु सरकारसंग हातेमालो गरेर अगाडी बड्ने बताए ।
उनले गैर सरकारी संस्थालाई सरकारले नियन्त्रण गर्नु भन्दा पनि नियमन गर्नु पर्ने धारण राखे ।
यस्तै कार्यक्रममा गैर सरकारी संस्था नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष दुर्गा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष दुर्गा थापा, नेपालपत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेश कन्चन भारती लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन समितिका सचिव हरिप्रसाद अधिकारीले गरेका थिए ।