सरकारलाई कर नतिर्नेको सूची सार्वजनिक, यी हुन् पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनि

काठमाडौं, १८ बैशाख । सरकारलाई कर नतिर्नेको सूचीन साना ठेकेदार, पूर्वमन्त्रीदेखि सांसदसम्मका कम्पनि परेको छ ।
मंगलवार आन्तरिक राजश्व कार्यालय बानेश्वरले २५ भन्दाबढी कन्सट्रक्सन कम्पनीलाई कर बक्यौता तिर्न आउन पत्राचार गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको हो ।
कर नतिर्नेमा पूर्वमन्त्री विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन, निलम्बित सांसद हरिनारायण रौनियारको कम्पनी पप्पु कन्सट्रक्सन छ ।
पाण्डेले कालिकारकान्छाराम जेभी अन्तर्गतको कर तिर्न अटेर गरेको छ भने कान्छाराममा कन्सट्रक्सनका मालिक तथा रामेछापका कांग्रेस नेता पूर्णबहादुर तामाङलाई पनि विभागले कर तिरेको छैन । तामाङलाई विभागले कर तिर्न बोलाएको छ ।
कर तिर्न आन्तरिक राजश्व विभागले पटक–पटक आह्वान गर्दा पनि ठेकेदारले अटेर गरेको विभागका एक अधिकारी बताउँछन् ।
निलम्बित सांसद रौनियारले पप्पु र लुम्बिनी जेभीको कर बक्यौता छ ।
उनका छोरा सुमित रौनियारलाई जेआईईसी र पप्पु जेभीको कर तिर्न विभागले सार्वजनिक आह्वान गरिएको छ ।
साथै कर नतिर्ने सूचीमा कांग्रेस नेता समेत रहेका स्वच्छन्द निर्माण सेवाका मालि जयराम लामिछाने पनि छन् । उनले स्वच्छन्द र शंखरमालारखानी जेभीको कर तिरेका छैनन् ।
त्यस्तै अर्का ठेकेदार रमेश शर्माको शर्मारडाँफेरकान्छारामलाई पनि विभागले कर तिर्न आउन आह्वान गरेको छ ।
यसैबीच सरकारलाई कर नतिर्ने ठेकेदारको सूचीमा पुच नरसिंह अमात्य, सुनिल कार्की, सुवित श्रेष्ठ, केशरबहादुर खड्का, टंकप्रसाद चौलागाई, निमा लामा शेर्पा, तेण्डी शेर्पा, इन्द्रबहादुर लामा र शुम्भुप्रसाद घिमिरे छन् भने विभागका सम्पर्कमा नआउनेमा नरेन्द्रकुमार श्रेष्ठ, बालकृष्ण थापा, रामसरोज यादव, हेमराज गाभाजु, टंकनाथ गजुरेल, ज्ञानबहादुर लामा, पेम्बा लामा, रत्न प्रसाद गौम, निदेश श्रेष्ठ, निरज बुढाथोकी, गौरीप्रसाद उप्रेति, धनबहादुर भोम्जन, विरेन्द्र प्रधान, धर्मराज भण्डारी र अच्युत खरेल छन् ।