न्युतम मापदण्ड पुरा नगरेका दुई नास्ता पसलमा शिलबन्दी


सुर्खेत ।
न्युनतम मापदण्ड पुरा नगरेका सुर्खेतका दई नास्ता तथा मिठाइ पसलमा बुधबार शिलबन्दी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार गरेको बजार अनुगमका क्रममा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेवाड गर्ने प्रकारका नास्ता तथा मिठाइहरु भेटिएपछि पसलको शिलबन्दी गरिएको हो ।
चाडबाडको अवसरमा पैसा कमाउने नाउमा मिठाइ पसलले न्यूनत मापदण्ड पनि पूरा नगरी उपभोक्ताको स्वास्थ्यसँग खेलवाड गरेको भन्दै प्रशासनले दुईवटा पसलमा सिलबन्दी गरेको हो ।
मंगलगढी चौकमा रहेको सगुन स्विट हाउस र कोशेली मिठाई पसलमा प्रशासन कार्यालयले सिलबन्दी गरेको हो ।
यसैगरी, मंगलगढी चौक जुम्लारोडमा रहेको लुम्बीनी मिष्ठान भण्डारलाई २४ घण्टे अल्टिमेटम र जिल्ला प्रशासनमा हाजिर हुने गरी चेतावनी सहित छाडिएको छ ।
सुर्खेतको व्यस्त बजार मंगलगढी चौकमा संचालनमा रहेका सगुन स्विट हाउस, लुम्बिनी मिष्ठान भण्डार र कोशेली मिष्ठान पसलमा जिल्ला प्रशासन कार्यालयले छड्के गरेको थियो ।
मिठाइमा बढी रंग प्रयोग परेको, सरसफाइका न्यूनतम नियम पनि पूरा नगरेको, मिठाइमा मच्छर र किरा मरेको अवस्थामा भेटिएको, भाँडा फोहोर भएको, किचेन फोहोर भएको लगायतका न्यूनतमा मापदण्ड पूरा नगरेको भेटिएकाले पसलमा सिलबन्दी गर्नु परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उत्तम शर्माले जानकारी दिए ।
शर्माका अनुसार रसभरीमा मच्छर मरेका भेटिएका छन, खानेपानीको ठूलो ड्रममा तेल जस्तो चिल्लो पदार्थ तैरिएको अवस्थामा देखिएको छ, पुराना हापपाइन्टमा काँचो समोसा बनाइएको छ ।
अधिकृत शर्माले भने, ‘यो त हद भयो, पैसा कमाउने नाउमा उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलवाड हो ।’ तीनपटकसम्म सुधार गर्न निर्देशन दिए पनि अटेर गरे पछि सिलबन्दी गर्नुपरेको शर्माको भनाइ छ ।
उनले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिने र उपभोक्ताको स्वास्थ्यका लागि कुनै पनि सम्झौता नगर्ने बताए ।