पाँच किलो अफिम सहित एक पक्राउ


रुकुम ।
जिल्ला प्रहरी कार्यालय रुकुमले करिब पाँच किलो अफिमसहित एक जनालाई पक्राउ गरेका छ ।
पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका–५ गोलचौरका ३२ वर्षीय रन्जित खत्री रहेका छन् ।
बाँफीकोट गाउँपालिकाको मग्मा, नदुवा लगायत विभिन्न वडामा अवैध लागूऔषध ओसारपसार तथा बिक्री भइरहेको सूचनाको आधारमा प्रहरीले खत्रीलाई नदुवाबाट पक्राउ गरेको हों ।
उनको साथबाट प्रहरीले चार किलो ९०० ग्राम अफिम र तराजुलगायतका सामाग्रीहरु पनि बरामत गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।