महरा प्रकरण, रोशनीसंग गरे श्रीमानले संबन्ध बिच्छेद


काठमाडौं १६, असोज ।
निवर्तमान सभामुख कृष्णबहादुर माथि यौन दुव्र्यबहारको आरोप लगाउने रोशनी शाही र उनका पति चित्रजंग शाही छुटटै बस्ने निर्णय गरेका छन । बिहिबार सार्वजनिक भएको एउटा सामान्य कागजमा उनीहरुले २८ बर्ष लामो संबन्ध अन्त्य भएको घोषणा गदै हस्ताक्षर गरेका छन । निर्वमन सभामुख महराले आफूलाई मादक पर्दाथ खुवाएर यौन दुव्र्यवहार गरेको आरोप लगाएकी रोशनीले पछिल्लो पटक भने बयान बदल्दै आएकी छन । बुधवार प्रहरीलाई दिएको निबेदनमा उनले आफू माथि यौन दुव्र्यवहार नभएको उल्लेख छ ।