बुलबुलेमा अत्याधुनीक शौचालय संचालनमा आयो


सुर्खेत, १६ असोज ।
कर्णाली प्रदेशकै पर्यटकिय स्थल बुलबुलेमा अत्याधुनीक शौचालय संचालनमा आएको छ । सुन्दरनेपाल संस्था सुर्खेको आयोजना तथा स्वास्थ्य र स्वच्छता विकासको लागि नगर सरसफाई कार्यक्रम अन्तर्गत एसएनभि नेपालकोे सहयोगमा कुल १ करोड ९ लाख ६९ हजार ७ सय ३३ रुपैँयाको लागतमा शौचालय निर्माण गरिएको हो ।
कर्णाली प्रदेश सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा रहेको प्रर्यटकीय क्षेत्र बुलबुलेमा २ वटा सार्वजनिक सौचालयको निर्माण कार्य सम्पन्न भइ सुर्खेत उपत्यका नगरविकास समितिलाई हस्तान्त्रण गरिएको छ । सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिकामा रहेको बुलबुले उद्यानमा सार्वजनिक सौचालयबाट उद्यानमा आउने आन्तरिक तथा वाह्यि प्रर्यटकहरुलाई सुविधा उपलब्ध गराउने र शहरी सरसफाई प्रवद्र्धन गर्ने उद्देश्यले निर्मित सवैको लागि पहू“च र सुविधायुक्त सौचालयको निर्माण निर्माण सम्पन्न गरि हस्तान्त्रण गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार शुवेदीले पर्यटकिय स्थलका रुपमा रहेको बुलबुलेको स्तारेन्नती तथा संरक्षणका लागीई नगरपालिका तथा नगरविकास समितिले विषेश ध्यान दिने बताउनुभयो ।


दैनिक जसो सयौँको संख्यामा बुलबुले ताल हेर्न आउने पर्यटकको संख्यामा वृद्धी गर्ने लक्ष्यका साथ नगरपालिकाले काम गरिरहेको पनी नगरप्रमुख तथा नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका शुवेदी भनाई रहेको छ ।
वीरेन्द्रनगरनगरपालिका तथा नगर विकास समितिले बुलबुले क्षेत्र भित्र रहेका विभिन्न संरचनाहरुको सुरक्षामा ध्यान दिनु पर्ने नगर विकास समितिका निवर्तमा अध्यक्ष नारायण कोईरालाले बताउनुभयो ।
कर्णाली प्रदेशको चिनारिको रुपमा रहेको बुलबुले क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ अत्याधुनीक शौचालयको निर्माण गरिएको एसएनभिका सल्लाहकार लेक विक्रम शाहाले बताउनुभयो ।
शौचालय संचालनमा आएसंगगै बाह्य तथा आन्तरिक पर्यकलाई सहज हुने देखिएको छ ।