लेकवेशी बृहत कृषि उपज प्रदर्शनी पर्यटन खेलकूद तथा सांस्कृतिक मेला हुने


सुर्खेत, १८ कात्तिक । यहि कात्तिक २७ गते देखि मंसिर १ गते सम्म लेकवेशी नगरपालिकामा ५ नेटामा लेकवेशी बृहत कृषि उपज प्रदर्शनी पर्यटन खेलकूद तथा सांस्कृतिक मेला सञ्चालन हुने भएको छ ।
जनगागृती बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजनामा परम्परागत २ दिन सम्म लाग्ने मेलालाई ५ दिन सम्म गरिने संस्थाका अध्यक्ष तथा मेलाका संयोजक अजीतकुमार बौडेलले जानकारी दिनुभयो ।


कृषि पर्यटन, खेलकुद लगाएतका क्षेत्रलाई बिशेष प्राथमिकता दिएर मेला सम्पन्न गरिने उहाँको भनाई रहेको छ ।
मेलामा कृषकले उत्पादन गरेका बस्तु, स्थानीय कला सँस्कृति र खेलकुद प्रर्दशन गर्ने उत्कृष्ट कृषकलाई सम्मान गरिने मेलाका संयोजक बौडेलले जानकारी दिनुभयो । मेला अवधीभर टिकट नभएर खुल्ला रुपमा मेला सञ्चालन गरिने उहाँले जानकारी दिनु भयो । मेलामा जनवादी गाएक जिवन शर्मा लगाएत स्थानिय कलाकारहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
वडा स्तरीय प्रर्तिशपर्धा गराईने छ भने टिम दर्ता शुल्क भने ४ हजार ५ सय रुपैया रहेको छ । खेलमा प्रथम हुने टिमलाई नगत ५५ हजार ५ रुपैयाले सम्मान गरिने मेलाका संयोजक बौडेलले जानकारी दिनुभयो