धनन्जयको १३ औँ वार्षिक साधारणसभा सम्पन्न


सुर्खेत, २३ कात्तिक ।
धनन्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १३ औँ बार्षीक साधारणसभा सम्पन्न भएको छ ।
धनन्जयको भविष्य, ब्यावसायिक र समृद्ध सदस्य भन्ने मुल नाराका साथ अगाडी बढेको सहकारि संस्थाको शनिवार बार्षीक साधारणसभा सम्पन्न भएको हो । संस्थाले आर्थिक २०७४-२०७५ वर्षमा १ करोड ९४ लाख ५६ हजार १ सय ४८ रुपैँयाको कारोबारे गरेको साथै आर्थिक बर्ष २०७५-२०७६ मा २ करोड ९५ लाख २ सय १७ रुपैँया कारो बारो गरि १ करोड ४ लाख ४ हजार ६९ रुपैँया वृद्धी भई ५२ प्रतिशतले कारोबारो भएको ७० हजार ४१ रुपैँया धनन्जय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष भलाराम पंगालीले जानकारी दिनुभयो । यस अवधिमा संस्थाले कुल १९ लाख ७० हजार ४१ रुपैँया आम्दानी गरेको र खर्च तर्फ कुल १७ लाख ५५ हजार ६ सय ७६ रुपैँया भई आम्दानीको कर खर्च समेत कटाई १ लाख ८५ हजार ६ सय १० रुपैँया आम्दानी भएको पनी अध्यक्ष पंगालीले जानकारी दिनुभयो । हाल ४३ लाख ८५ हजार १ सय शेयर पुजी रहेको संस्थाले स्थापना काल देखी यो अवधी सम्म २ करोड ९५ लाख २ सय १७ रुपैँया बरावरको कारोबारे गरेको छ ।


संस्थाले युवा स्वरोजगार कार्यक्रम अन्तरगत युवा तथा साना व्यावसायीहरुको व्यावसायीक क्षमता विकासका लागी माग अनुसारको तालिमको व्यवस्था गरिने जनाएको छ । शेयर सदस्यहरुको वित्तीय साक्षरता र सहकारी शिक्षा प्रदान गर्नका लागी कार्यक्षेत्रका सबै वडाहरुबाट समान सहभागिता हुने गरि शहकारी शिक्षा, शिवीर तथा अन्तरक्रीया कार्यक्रम संचालन गरिने पर्न संस्थाले जनाएको छ ।


कार्यक्रममा नेपाल बहुयद्देश्यीय केन्द्रीय सहकारीका संघका संचालक एवं बहुउद्देश्यीय सहकारी संघ सुर्खेतका अध्यक्ष चन्द्रप्रशाद थानिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका प्रतिनिधी कर्ण बहादुर बुढा, सहकारी अधिकृत एवं पुुर्व लेखा परिक्षक फर्स कुमार तिवारी, सहकारी संचालक समितीका पदाधिकारी तथा शेयर सदस्यहरको सहभागिता रहेको थियो । साधारणसभाको अवशरमा सर्वाधिक बज गर्ने, सर्वाधिक बाल बचत गर्ने, सर्वाधिक दैनिक बाल बचत गर्ने, सर्वाधिक शेयर खरिद गर्ने तथा सर्वाधिक व्याज बुझाउने शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।