पत्रकार शर्माको मृत्यु

सुर्खेत ।
नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका जिल्ला सदस्य तथा साझा विसौनी दैैनिकमा कार्यरत पत्रकार डिलप्रकाश शर्माको मृत्यु भएको छ ।
विगत ६ महिना देखी बोनम्यारो रोगबाट पीडित पत्रकार शर्माको आर्थिक अभावकाका कारण उपचारमा ढिलाई भएको हुँदा बिहिबार काठ्माडौ स्थित सिभिल अस्पतालमा मृत्यु भएको हो ।
कर्णाली प्रदेश संसदीय मामिला पत्रकार समाजका सचिव समेत रहेका पत्रकार शर्माको दुःखद् निधन भएकोप्रति नेपाल पत्रकार महाँसंघ, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति, नेपाल पत्रकार महासंघ सुर्खेत शाखा, साझा विसौनी दैनिक तथा कर्णाली प्रदेश संसदीय मामिला पत्रकार समाजले शोक बक्तब्य जारी गर्दै गहिरो दुःख प्रकट गरेका छन ।
पत्रकार शर्माको बिहीबार बेलुका पशुपति आर्यघाटमा आमा, बहिनी, काकासहितका आफन्त, नेपाल पत्रकार महासंघका प्रतिनिधि, विभिन्न संस्थामा आवद्ध पत्रकार तथा शुभचिन्तकको उपस्थितिमा अन्त्येष्टि गरिएको छ ।