सरकार फाल्न कुनै आईतवार कुर्नु पदैन : सांसद बिष्ट

सुर्खेत ।

कर्णाली प्रदेश सभा सदस्य ठम्मरवहादुर विष्टले आफुहरुले दिएको सुझाव विपरीत चल्दै गए सरकार फाल्न कुनै आईतवार नकुर्ने चेतावनी दिएका छन् ।
विष्टले गत जेष्ठ ३० गते सरकार सुःसंचालन र वजेट संशोधनका लागि प्रत्यक्ष निर्वाचित नेकपाका १४ जना सांसदहरूले मुख्यमन्त्रीलाई निवेदन दिएको वताए । यसैलाई आधार वनाई सांसदहरू सरकार गिराउन लागे भन्दै हाल आएर कोकोहोलो मच्चाउनु वेठिक भएको उनले वताए ।’
आफ्नो असक्षमता लुकाउन मुख्यमन्त्रीवाटै मिडिया प्रयोग भैरहेको छ, संसदीय दलको वैठक साउन देखि वस्न सकेको छैन, वैठक वसेको भए छलफल हुन्थ्यो, कमिकमजोरी देखिए हामी सबै सुधार्न लाग्थ्यौ,’ उनले भने, ‘जनता संगसंगै आफुहरुलाई पनि यो सरकारले राम्रो काम गरेको जस्तो लागेको छैन, राम्रो काम सरकारले गरिरहेको दावी गर्छ भने स–प्रमाण हामीलाई दिनुप¥यो, हामी जनतालाई बुझाउन गाउँ–गाउँ जान्छौ ।’
सरकार आफ्नो दिमागले भन्दापनि कुनै गैरराजनीतिक अदृश्य सल्लाहकारहरुवाट चलिरहेको वताए । खासमा सरकार आफ्ना दलका सांसदहरूको सुझाव र सल्लाहमा चल्नु पथ्र्याे त्यो देखिएन,’ उनले आक्रोश पोख्दै भने, ‘आफ्नो दलका नेता र सांसदहरू सरकारलाई प्रिय लाग्दैन, विरोधी दलका मानिसहरु सरकारका प्यारा छन ।’
नेकपाको नेतृत्वमा बनेको सरकार डुब्दा आफुहरु पनि संगसंगै डुब्ने कुरा राम्रो जानकारी आफुलाई भएको विष्टले बताए । ‘फेरी निर्वाचन आउछ, हामी जस्तै नेता कार्यकर्ता फेरी चुनाव लड्नु पर्दछ, यही ताल रहे आउने चुनावमा कुन मुख लिएर जनतासामु जाने,’ गम्भीर हुदै सांसद विष्टले भने ।
आफुहरु अहिले कर्णालीका जनताहरु वीच पुगिरहेको र जनता प्रदेश सरकारको काम कार्वाहीवाट सन्तुष्ट नभएको उनको दावी थियो । ‘म भर्खर डोल्पा पुगेर आएको छु, जनताको सरकारप्रतिको रिडिङ्ग नेगेटिभ छ,’ उनले भने । आफु मन्त्री बन्न नहतारिएको बताउदै उनले जनताका समस्याहरुमा सरकारलाई गम्भीर बन्न सुझाव दिए ।